काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। नेता रामचन्द्र पौडेल पक्षबाट पूर्व महामन्त्री सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।
सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा बर्दिया जिल्ला सभापति सञ्जय गौतम रहेका छन्।
पार्टी सभापति शेरबहादुर देउवालाई निर्विरोध निर्वाचित हुन नदिने बताउँदै आएका सिंहले दलको नेतामा देउवा विरुद्ध उम्मेदवारी दिएका हुन्। सभापति देउवा नेतृत्व असफल भएको दाबी गर्दै पार्टी शुद्धीकरण गर्नुपर्ने बताउँदै आएका नेता सिंह कुनै समय देउवा प्यानलमै थिए।
सभापति देउवाले समेत आइतबारै वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। देउवालाई संसदीय दलको नेतामा विजयकुमार गच्छदारले प्रस्ताव गरेका छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन्।
कांग्रेस संसदीय दलको नेता चयनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।