काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिएका छन्।
सभापति देउवाले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन सचिव केशव रिजालका अनुसार नेता बालकृण्ण खाँडले देउवाको वारेसको रुपमा उम्मेदवारी दर्ता गरेका हुन्।
देउवालाई संसदीय दलको नेतामा विजयकुमार गच्छदारले प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा मानबहादुर विश्वकर्मा समर्थक रहेका छन्।
कांग्रेसको संसदीय दलको नेता चयन गर्न सोमबार बिहान १० देखि दिउँसो १ बजेसम्म मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।