काठमाडौं–विभिन्न मितिमा सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साह समेत ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी गरिएका मो. सकिल हुसेन कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटि आएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो ।
प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो ।
हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने डिआईजी मनोज नेउपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।