काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणमा कर्मचारी सरुवाले आतंक नै सिर्जना गरेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरलले आन्तरिक सरुवामा आतंक सिर्जना गरेको प्राधिकरणका कर्मचारीहरु बताउँछन्।
‘महानिर्देशक पोखरेलले ६५ जनाभन्दा बढी कर्मचारीको सरुवा गरिसकेका छन्,’ स्रोतले भन्यो, ‘हरेक दिन बिहान अफिस आउँदा कुन कर्मचारी कहाँ पुगिसकेका हुन्छन् थाहा नै हुँदैन।’ पोखरेलले महानिर्देशको जिम्मेवारी लिएसँगै उपहानिर्देशक तथा निर्देशक लगभग सबैको सरुवा गरिसकेका छन्।
विमानस्थल विकास अन्तर्गत रहेका उपमहानिर्देक देवानन्दन उपाध्यायलाई तालिम केन्द्र पुर्याइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखमा राजकुमार क्षेत्रीलाई हेड अफिस तान्दै देवेन्द्र केसीलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी विमानस्थल स्तरोन्नति आयोजनका प्रमुख बाबुराम पौडेलको ठाउँमा पनि मुराहरि भन्डारीलाई लगिएको छ। यसैगरी विमानस्थलका निर्देशक तथा प्रवक्ता प्रतापबाबु तिवारीको ठाउँमा देवचन्द्र कर्णलाई जिम्मेवारी दिइएको छ।
यस्तै निगगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मालाई पनि आयोजना प्रमुखबाट हटाइएको छ। उनलाई विमानसथलको इन्जिनियरिङ महाशाखाको प्रमुख बनाइएको छ।
यसबाहेक अन्य कर्मचारीको पनि विभिन्न निकायबाट विभिन्न निकायमा सरुवा भएको प्राधिकरणले जनाएको छ। यस विषयमा प्राधिकरणका महानिर्देशक पोखरेलले भने नियमअनुसार नै कर्मचारीको आन्तरिक सरुवा गरेको बताउँछन्। कतिपयलाई भने कार्यसम्पादनको आधारमा पनि सरुवा गरेको उनको भनाइ छ।
प्राधिकरणको काममा बेवास्ता गर्ने र कामचोर कर्मचारीको हकमा भने सरुवासँगै विभागीय कारबाही समेत थालिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।