काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले सपथ लिएका छन्। प्रतिनिधिसभाका सांसदहरुले सपथ लिए लगत्तै नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाका सांसदहरुले समेत पद तथा गोपनीयताको सपथ लिएका हुन्।
ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सपथ ग्रहण गराएकी थिइन्। ५६ जना निर्वाचित सदस्यले सपथ लिएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका तीन जना सदस्यले भने सपथ लिन पाएनन्।
तीन सदस्यको नियुक्ति सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनीहरुले सपथ लिन नपाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।