एजेन्सी– सुपरस्टार अभिनेता रजनीकान्त तथा अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ को टिजर अनलाइनमा लिक भएको छ।
अनलाइनमा लिक भएपछि फिल्म युनिटले जतिसक्दो चाँडै अफिसियल टिजर सार्वजनिक गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। यसअघि फिल्मको एक पोस्टर सार्वजनिक भए पनि फिल्मको टिजर भने सार्वजनिक गरिएको थिएन।
फिल्म ‘रोबोट’को सिक्वेलका रुपमा देखिएको ‘२.०’ मा अक्षय कुमार खलनायकका रुपमा देखिनेछन्।
फिल्म आउँदो अप्रिल २७ मा प्रदर्शनको तयारीमा छ। फिल्मलाई चीनमा समेत १५ देखि २० हजार स्क्रिनमा लगाउने तयारी फिल्म युनिटको छ।
४ सय करोड लगानीमा बनेको फिल्म पूरा गर्न २ वर्ष लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।