काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सातामा कारोबारको दोश्रो दिन सोमबार स्थिर देखिएको छ।
सोमबार १ हजार १ सय १० दशमलव ०८ अंकबाट सुरु भएको कारोबार बन्द हुँदा पनि सोही बिन्दुमा पुगेको हो।
सोमबार १ सय ८६ वटा कम्पनीको १० लाख ७८ हजार कित्ता सेयर ५ हजार १ सय ६५ पटक खरिदबिक्री हुँदा २८ करोड ८८ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक पछिल्लो ९ महिना यताकै न्यून बिन्दुमा छ।
गत मार्च ५ मा नेप्से १ हजार १ सय २ को बिन्दुमा झरेको थियो भने मार्च ६ मा १ हजार १ सय ११ बिन्दुमा पुगेको थियो।
६ समूहको उपसूचक बढेको छ भने बाँकी ६ समूहको उपसूचक घटेको छ।
सबैभन्दा बढी जीवन बिमा समूहको उपसूचक २४ दशमलव १६ अंकले घटेको छ।
कारोबार रकमका हिसाबले सोमबार नेपाल इन्भेस्टमेन्ट बैंकको प्रोमोटर सेयर सबैभन्दा बढी ३ करोड ६० लाख रुपैयाँ बराबर कारोबार भएको छ।
बढी कमाउनेमा मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि छन्। मिथिलाका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ता छन्। पञ्चकन्याका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव शून्य ९ प्रतिशत गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।