एजेन्सी– पाकिस्तानमा अनुष्का शर्माको नयाँ फिल्म 'परी' प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ। धार्मिक आस्थाको कारण देखाउँदै फिल्मलाई पाकिस्तानमा प्रतिबनध लगाइएको सञ्चार माध्यमले जनाएका छन्।
पाकिस्तानको सेन्सर बोर्डका प्रमुख मोबासिर हसन भन्छन्, ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सरका सदस्यले फिल्मको समीक्षामा प्रदर्शनका लागि अयोग्य घोषणा गरेका छन्। यो फिल्म विभिन्न नियम विपरीत छ। फिल्मका केही संवाद र दृश्य धार्मिक, सामाजिक र नैतिक आदर्श विपरीत छन्।’
यसअघि पनि अक्षय कुमारको फिल्म ‘प्याड म्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।