काठमाडौं– अभिनेत्री पूर्णिमा लामाको निर्माणमा बनेको फिल्म ‘हिरोज’को ट्रेलर र गीत सार्वजनिक भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ट्रेलर र गीत सार्वजनिक गरिएको हो। एनबी महर्जनको निर्देशनमा बनेको फिल्म यही चैत २३ गतेदेखि प्रदर्शनमा आउँदै छ। फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृतिसँगै प्रेमकथा पनि समेट्ने प्रयास गरिएको छ।
फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ।
शिव ढकाल र रामशरण उप्रेतीले छायांकन गरेको फिल्ममा कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।