धनगढी– नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश न ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिएकी थिइन्।
राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा धनगढी पुगेको मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।