काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभाका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन्।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य तारा देवी भट्टलाई ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी छन्। अब उनीहरुले आ–आफ्नो सभाका अन्य सदस्यलाई सपथ गराउने छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको सपथ क्रमश ४ बजे र ५ बजे बानेश्वरस्थित संघीय संसद भवनमा हुने छ।
ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। भट्टले भने नेपाली भाषामा नै सपथ लिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।