काठमाडौं- प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले सांसदहरुलाई सपथ खुवाउने भएका छन्। यसअघि जेष्ठ सदस्य महेन्द्रराय यादवले सपथ खुवाउने तयारी थियो। उनको नागरिकता र निर्वाचन आयोगमा बुझाएको जन्ममिति फरक परेपछि ठाकुरलाई सपथ खुुवाउने जिम्मावारी दिइएको हो।
यसअघि जेष्ठ सदस्य महेन्द्र राय यादवले सपथ खुवाउने तय भएको थियो। यद्यपि उनको जन्ममितिमा विवाद देखिएपछि प्रतिनिधिसभामा रहेका ५ दलबीचको छलफल ठाकुरबाट सपथ लिने सहमतिमा पुगेको हो। सांसदलाई सपथ खुवाउनुअघि जेष्ठ सदस्यल राष्ट्रपतिबाट सपथ लिनुपर्ने हुन्छ। संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायलाई ज्येष्ठ सदस्यका रुपमा शपथ नगराउने सहमति बनेको हो। यादव ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो।
सांसदलाई सपथ खुवाउनुअघि ७५ वर्षीय ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।
दिउँसो १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।