विराटनगर–विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्गमा बा.१२ च ५९६३ नम्बरको सेतो बलेरो गाडीभित्र उर्लाबारी नगरपालिका–७ बस्ने ३६ वर्षीय सनम शाक्यको शव शनिबार फेला परेको छ । गाडी चालक काभ्रे ज्याम्दी गाउँपालिका–६ बस्ने २९ वर्षीय टेकराज मल्ल लगायत ३ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा करेन्ट लगाएर उनको हत्या गरिएको प्रहरीले जनाएको छ। शाक्यले ३३ किलो सुन ओसार्ने जिम्मा पाएका थिए। तर, सुन हराएपनि व्यापारीहरुले उनलाई अपहरण गर्न लगाई करेन्ट लगाएका थिए।
उनको शवलाई जंगलमा गाढ्न लैजाने तयारी हुँदै गर्दा प्रहरीले बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।