पत्रकार लंकेश
नयाँदिल्ली- चर्चित महिला पत्रकार गौरी लंकेशको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनीतिज्ञलाई पक्राउ गरेको छ।
घटना अनुसन्धानमा खटिएको प्रहरीको विषेश टोलीले शुक्रबार केटी नवीन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन्। पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता पनि हुन्।
सन् २०१७ सेम्टेम्बर ५ मा कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घरबाहिर लंकेशमाथि गोली हानी हत्या गरिएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनको हत्या गरेपछि विरोध प्रदर्शनहरु भएका थिए।
५५ वर्षीया पत्रकार लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।