काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको कामअघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने बताए। मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियां ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानआकर्षण गरे।
भेटमा चिनियाँ राजदूत याङछीले उर्जा संयन्त्रको बैठकका लागि आफूले सरोकारबाला निकायसँग छलफल गरेर बैठकको मिती चाँडै टुंगो लगाउने जानकारी दिइन्। राजदूत याङछीले उर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको जानकारी गराइन्।
‘चीनबाट गर्भनर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’ राजदूत याङछीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।