काठमाडाैं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण फुटाएर नियमक र सेवा प्रदायक फरक-फरक बनाउने कानूनको मस्यौदा तयार गरेको छ।
मस्यौदा तयार भएसँगै मन्त्रालयले सेवा प्रदायक र नियमकको संस्थागत संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु गरेको छ।
‘प्राधिकरण फुटाउने दुईवटै ऐनको मस्यौदा तयारी भएको छ,’ नयाँ हवाई नीतिको मस्यौदा तयार गर्न बनेकाे कार्यदलका एक सदस्यले भने, ‘ऐनमा के कस्ता विषय राख्ने भने कुराको टुंगो लागि सकेको छ। तर, सेवा प्रदाय र नियकम अलग-अलग भएपछि ती संस्थाको संगठनात्मक संरचना कसरी तय गर्ने भने विषयमा माथिल्लो तहमा छलफल सुरु भएको छ।’
सरकारले प्राधिकरणलाई फुटाएर बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणको प्रमुख कसरी बनाउने? भन्ने विषयमा छलफल सुरु गरेको छ।
मन्त्रालयले अहिले प्राधिधकरणकाे महानिर्देशक १२ तहको एटिसी हुनुपर्ने व्यवस्थालाई समेत परिवर्तन गर्न खोजेको स्रोतको दाबी छ। स्रोतका अनुसार अब नयाँ बन्ने दुईवटै प्राधिकरणमा बाहिरबाट पनि प्रमुख पदको पदपूर्ति गर्न पाउने गरी सरकारले नियुक्ति गर्ने प्रावाधन राख्ने तयारी भएको हाे।
तयार भएको ऐनको मस्यौदा मन्त्रिपरिषद् लैजान काम अन्तिम चरणमा पुगको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।