एजेन्सी– सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म 'बजरंगी भाइजान' चीनमा शुक्रबारबाट रिलिज भएको छ।
रिलिज भएको पहिलो दिनमा फिल्मले १४ दशमलव ६१ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि नै रिलिज गर्ने तय भए पनि भारतमा रिलिज भएको ३० महिनापछि मात्र चीनमा रिलिज भएको हो। बजरंगी भाइजानले भारतमा ३२० दशमलव ३४ करोड भारु कमाइ गरेको थियो।
चीनमा रिलिज भएको यो सलमान खानको पहिलो फिल्म हो। चीनका ८ हजारभन्दा बढी स्क्रिनमा फिल्म रिलिज भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।