• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सभामुखमा नयाँ अनुहारको खोजी, राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने!

64x64
नेपाल लाइभ शनिबार, फागुन १९, २०७४  ०९:३८
1140x725

काठमाडौं- एकीकरण प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रले सर्वोच्च राजकीय पदहरु राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई दोहोर्‍याउने तयारीमा देखिएका छन्।

पार्टी एकीकरणको निर्णयसँगै राजकीय पदको समेत बाँडफाँट गरेका दुवै दलले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारी गरेका हुन्। राजकीय पदको बाँडफाँट गर्दा राष्ट्रपति र उपसभामुखमा एमालेले प्रस्ताव गर्ने र माओवादी केन्द्रले उपराष्ट्रपति र सभामुख पदमा आफ्नो उम्मेदवार प्रस्ताव गर्ने एमाले र माओवादी केन्द्रबीच सहमति छ। 

एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल रहेको बताए। यद्यपि त्यसको औपचारिक निर्णय नभएको उनको भनाइ छ। 

‘संगठनको आवश्यकताका आधारमा व्यक्तिहरुलाई भूमिका प्रदान गर्ने हो,’ उनले नेपाल लाइभसंग भने, ‘संक्रमणकालीन अवस्थामा दुवैले कुशलतापूर्वक आफ्नो कार्यभार सम्हाल्नुभएको हामीले महसुस गरेका छौ। त्यसैले पनि उहाँहरु दोहोरिने सम्भावना छ।’

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले समेत राजकीय पदमा दोहरिने इच्छा देखाउँदै आएका छन्। आफूहरुको कार्यकाल छोटो भएकाले थप एक कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनीहरुले शीर्ष नेतृत्वसमक्ष आग्रहसमेत गरेका छन्। 

पूर्व विशिष्ट पदाधिकारीलाई राज्यबाट दिने सेवा सुविधामा देखिएको समस्याबारे वर्तमान सरकारसमेत गम्भीर देखिएको छ। पूर्वराष्ट्रपति रामवरण यादवलाई समेत आवास लगायतको सेवा सुविधा व्यस्थापन गर्न नसक्दा यसअघिका सरकार आलोचित हुँदै आएका थिए।

एमाले सचिव ज्ञवालीसमेत पूर्वविशिष्ट पदाधिकारीलाई राज्यबाट दिने भनिएको सेवा सुविधाको व्यवस्था गर्न नसक्ने अवस्थाले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्थापन कठिन भएको स्वीकार गर्छन्। ‘पूर्वराष्ट्रपतिको व्यवस्थापनमा जुन समस्या देखिएको छ, त्यसैले पनि तत्काल त्यो संख्या थप्दै जाने विषय व्यावहारिक देखिँदैन,’ ज्ञवाली भन्छन्, ‘त्यसैले राष्ट्रपति र उपराष्ट्रपतिलाई पुन: एक कार्यकाल दोहोर्याउँदा राम्रो हुने देखिन्छ।’

दोस्रो संविधानसभामा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित दुवैको कार्यकाल छोटो भएको एमाले र माओवादी केन्द्रको बुझाइ छ। पार्टीको जिम्मेवारीमा रहँदासमेत दुवैले शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका कारण उनीहरु दोहरिने सम्भावना रहेको माओवादीका एक नेताले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘दुवै जनाले विगतदेखि पार्टीको शीर्ष नेतृत्वलाई सहयोग गर्दै आएका छन्,' उनले भने, 'त्यसैले दुवै दलको शीर्ष नेतृत्व राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोर्‍याउन सहमत देखिन्छ।’

पार्टीको जिम्मेवारीमा रहँदा वर्तमान राष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी ओलीको प्रमुख सहयोगी थिइन्। पछिल्लो समय राष्ट्रपति भण्डारी राष्ट्रियसभा निर्वाचन अध्यादेश, राष्ट्रियसभा सदस्य मनोनयन लगायतका विषयमा पार्टी नेतृत्वलाई सहयोग गरेको भन्दै विवादमा तानिएकी छन्।

उपराष्ट्रपति पुनले भने जनयुद्धदेखि शान्तिप्रक्रियाका हरेक कठिन समयमा मुल नेतृत्वप्रति पूर्ण सहयोग गर्दै आएका थिए। माओवादी नेतृत्वसमेत पुनलाई उपराष्ट्रपतिमा दोहोर्‍याउन सकारात्मक छ। 

दुवै दलले राजकीय पदमध्ये राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा औपचारिक निर्णय भने गरेका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभामुखमा नयाँ अनुहार
राजकीय पदमध्ये सभामुख माओवादीको भागमा परेको छ। माओवादी केन्द्रले सभामुखमा नयाँ अनुहारलाई अघि सार्ने तयारी गरेको छ। पूर्वसभामुख ओनसरी घर्तीले समेत सभामुखमा दोहोरिने इच्छा व्यक्त गरेकी थिइन् तर पार्टी नेतृत्वले नयाँ अनुहारलाई मौका दिने तयारी गरेको माओेवादीका एक नेता बताउँछन्।

सभामुखमा देव गुरुङ, अग्नि सापकोटा, कृष्णबहादुर महरा लगायतका नेताले लबिङ गरिरहेका छन्। तर सभामुखमा माओवादीले महरालाई अघि सार्ने सम्भावना रहेको छ। पटकपटक मन्त्री भइसकेका महराले नयाँ सरकारमा दाबी नगरे पनि उनले पार्टी नेतृत्वसँग सभामुखका लागि लबिङ गरिरहेका छन्। 

माओवादी अध्यक्ष दाहालले समेत सभामुख पद पुन: रोल्पालीमा जाने सम्भावना रहेको पार्टी बैठकमा खुलासा गरेका थिए।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्