निस- फ्रान्सको सबैभन्दा अग्लो हिमाल फ्रेन्च एल्पसमा शुक्रबार गएको हिम पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन्। घटनामा एक जना घाइते भएका छन्।
इटालीको सीमाना नजिकै रहेको फ्रान्सको दक्षिणी एल्पस हिम शृंखलाको एन्ट्रनेस क्षेत्रमा भएको उक्त घटनापछि बेपत्ता व्यक्तिको खोजीका लागि विशेषज्ञहरू सहितको उद्धार टोली खटाइएको बताइएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।