काठमाडौं- म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई धम्कीपूर्ण भाषामा शुक्रबार एक सूचना जारी गरेको छ।
सूचनामा वैदेशिक रोजगार सम्बन्धी कुनै पनि निर्णय गर्दा म्यानपावर व्यवसायीहरूसँग सहकार्य गर्नुपर्ने उल्लेख छ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मन्त्रालयबाट बहिर्गमन भएको भोलिपल्ट अर्थात् शुक्रबार व्यवसायीहरूले धम्कीपूर्ण भाषामा सूचना जारी गरेका हुन्।
सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, संवाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ। एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।