काठमाडौ- राजश्व अनुसन्धान विभागले १ करोड २६ लाख भन्सार चोरी मार्फत राजश्व ठगी गर्ने देवि इम्पोर्ट एण्ड एक्सपोर्टलाई राजश्व चुहावटको मुद्दा दायर गरेको छ।
सप्तरी जिल्ला घर भई हाल काठमाण्डौ महानगरपालिका ८ बस्ने देवि भगतले कपडा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
देवि इम्पोर्ट एण्ड एक्सपोर्टले भारतबाट कपडा र कपडाजन्य माल वस्तु भन्सार चोरी पैठारी तथा मौज्दात न्यून तथा बढी समेत देखाएर राजस्व चुहावट गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
देवि इम्पोर्टले मुल्य भन्सार‚ अभिवृद्धि करसमेत गरी १ करोड २६ लाख २३ हजार ८ सय ५ रुपैयाँ छलि गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
भगतलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिक बिगो असुल उपर र बिगोको दोब्बर २ करोड ५० लाख बराबर जरिवाना तथा कैद सजाय गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।