काठमाडाै- नेपाल पर्यटन बाेर्डकाे सिइओ चयन प्रक्रिया सुरु भएकाे छ। पर्यटन मन्त्रालयले 'भिजिट नेपाल२०२०'लाई लक्षित गरेर नयाँ सिइयओ छान्ने प्रक्रिया सुरु गरेकाे हाे। सिइओ छान्नका लागि मापदण्ड निर्माण गर्न मन्त्रालयले समिति गठन गरेकाे छ।
मन्त्रालयकाे पर्यटन महाशाखा हेर्ने सहसचिव घनश्याम उपाध्याय, पर्यटन बाेर्डका सञ्चालक सिमिति सदस्य कृष्णबहादुर महरा लगायत तीन सदस्य मापदण्ड निर्धारण कमिटी निर्माण भएकाे हाे।
समितिले एक साताकाे समय पाएकाे छ। दीपकराज जाेशीले डिसेम्बरकाे २३ मा अवकाश पाउँदै छन्। उनकाे अवकाश अघि नै नियुक्ति गर्ने गरी मापदण्ड बनाउन पर्यटन मन्त्री याेगेश भट्टराईले निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।