काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नवनियुक्त मन्त्री रामेश्वरराय यादवले सकेसम्म बढी रोजगारी सिर्जना गर्न पहल गर्ने बताएका छन्।
बिहीबार पदबहालीका क्रममा मन्त्री यादवले युवा जनशक्तिलाई देशभित्रै परिचालन गर्ने बताएका हुन्।
अदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा जाँदा सस्तो पारिश्रमिकमा श्रम गर्न बाध्य भएकाले यस्तो अवस्थाको अन्त्यका लागि दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाइने मन्त्री यादवले जानकारी दिए।
निर्वतमान मन्त्री गोकर्ण विष्टबाट अधुरा रहेका कामलाई पनि पूरा गर्ने प्रण मन्त्री यादवले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।