काठमाडौं- मारुती सिमेन्ट लिमिटेडले भ्रमपूर्ण विज्ञापन गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेको छ।
यसवर्ष एनएस क्वालिटी अवार्ड अर्कैै कम्पनीले पाएको भए पनि मारुती सिमेन्टले आफूले सो अवार्ड पाएको भन्दै भ्रमपूर्ण विज्ञापन गरेको थियो।
नापतौल तथा गुणस्तर विभागले गते गत कात्तिक २८ गते वितरण गरेको ‘एनएन क्वालिटी अवार्ड’ शिवम् सिमेन्टले पाएको थियो भने द्वितीय भई मारुती सिमेन्ट र तृतीय भई शुभश्री जगदम्बा सिमेन्टले सम्मानपत्र (लेटर अफ एप्रिसियसन) पाएका थिए।
तर मारुती सिमेन्टले विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा गरेको विज्ञापनमा भने उक्त कम्पनीले एनएस क्वालिटी अवार्ड पाएको दाबी गरेको छ।
यसरी भ्रमपूर्ण विज्ञापन गरेको भन्दै उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेनाले बिहीबार विभागमा उजुरी दर्ता गराएका हुन्।


यस्तो थियो मारुतीले गरेको भ्रमणपूर्ण विज्ञापन
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।