• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादवमाथि कारबाही कि संविधान संशोधनको जिम्मेवारी!

64x64
डिबी खड्का बिहीबार, मंसिर ५, २०७६  ०९:३६
1140x725

काठमाडौं–  डेढ वर्षदेखि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेका उपेन्द्र यादव कानुन तथा न्याय मन्त्रालय सारिएका छन्। धेरैको नजरमा उनी ‘कारबाही’मा परेका छन्। तर, उनकै पार्टीका नेताहरूलाई लाग्छ, ‘संविधान संशोधन गर्न पो कानुन मन्त्रालयको जिम्मेवारी दिइयो कि?’

उपप्रधानमन्त्री यादवले यस विषयमा पार्टी नेताहरूलाई कुनै जानकारी भने दिएका छैनन्। 

नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र स्वास्थ्य मन्त्रालयका कर्मचारी भने सरकारको प्रत्यक्ष प्रभाव देखिने स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न नसकेपछि उनलाई ‘कारबाही’ स्वरुप कानुन मन्त्रालय पुर्‍याइएको बुझ्छन्। 

कारबाही स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरिदिएका छन्। हाल भारत भ्रमणमा रहेका उनी समाजवादी पार्टी नेपालका अध्यक्ष समेत हुन्। 

पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री यादव जनतामाझ कम प्रभावशाली मानिएको कानुन मन्त्रालय सारिनुलाई धेरैले कारबाहीका रुपमा हेरको छन्। स्वास्थ्य मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘स्वास्थ्यमा सरुवाबढुवा, समायोजन, बिमा कार्यक्रमदेखि सेवा प्रवाहमा समेत गुनासो बढिरहेको छ। जसले वर्तमान सरकारलाई जनतामाझ अलोकप्रिय बनाइरहेको छ। त्यसैले उनलाई सारिएको हो।’ 

उनी भने स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने भन्दा बढी विदेश भ्रमणमा जाने गरेको गुनासो सुरुदेखि नै थियो। ‘डुलुवा मन्त्री’को उपमा पाएका उनी मन्त्री मण्डल पुनर्गठनका समयमा समेत भारत भ्रमणमा छन्। उनी शुक्रबार मात्रै नेपाल फर्किने बुझिएको छ।

उपप्रधानमन्त्री यादवमाथि मात्रै होइन, उनको पार्टीमाथि नै प्रधानमन्त्री ओलीले ‘दबाब’ सिर्जना गरिदिएका छन्। सरकारमा पार्टीका तर्फबाट सहभागी एकजना हटाइएको छ भने अर्कोलाई कम प्रभावशाली बनाउने नीति लिइएको छ।

मन्त्री यादवको पार्टीका तर्फबाट स्वास्थ्य राज्य मन्त्री रहेका डा सुरेन्द्र यादव बर्खास्तीमा परेका छन्। अस्पतालमा उपचाररत राज्यमन्त्री यादवलाई समेत जिम्मेवारीमुक्त गर्नुअघि कुनै सूचना नदिइएको बुझिएको छ। ‘राज्यमन्त्रीज्युलाई थाहा थिएन, अध्यक्षज्युले जानकारी नदिनुभएको हो कि?’ समाजवादी पार्टी नेपालका एक नेताले भने।

Ncell 2
Ncell 2

उनकै दलबाट सरकारमा सहभागी सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलाई पनि ‘कमजोर’ बनाउने रणनीति प्रधानमन्त्री ओलीले लिएका छन्। एकल रुपमा मन्त्रालय चलाउँदै आएका मन्त्री राईले पुनर्गठनबाट राज्यमन्त्री प्राप्त गरेका छन्। 
सामान्यतया जसले मन्त्रालयको नेतृत्व गरेको छ, उसैको पार्टीको राज्यमन्त्री बनाउने प्रचलन थियो । तर, नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद रामवीर मानन्धरलाई सहरी विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री समेत रहेका यादवसँग सुरुदेखि नै असन्तुष्ट थिए। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीपछि मन्त्री यादवले आफूलाई सहयोग नगरेको उनको बुझाइ थियो । नियुक्तिदेखि सरुवामा मनलाग्दी गरिरहेको गुनासो प्रधानमन्त्री कार्यालय पुग्ने गरेको थियो। नेकपा निकटस्थ कर्मचारीहरुलाई विदेश भ्रमण रोक्न फाइल गायव गर्नेसम्मका काम उनको सचिवालयले गरेको गुनासो प्रधानमन्त्री कार्यालय पुगेको थियो।

यसैगरी नेकपा निकटस्थ स्वास्थ्यका कर्मचारीहरुलाई छानी–छानी सरुवा र जिम्मेवारीबिहीन बनाइएको विषयमा बालुवाटार डेलिगेसन नै पुग्ने गरेको थियो। 

त्यसपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्री यादवसँग दोहोरो कुराकानी नै गर्न छाडेका थिए। स्वास्थ्य मन्त्रालयका फाइल समेत सहरी विकास मन्त्री राईले बिफ्रिङ गर्न थालेका थिए।

सत्ता साझेदारी गर्नुअघि आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टी नेपालले सरकार छाड्ने धम्की दिइरहेको थियो । तर, पछिल्लो केन्द्रीय समितिको बैठकले सरकारमै रहेर संघर्ष गर्ने नीति लियो। 

मन्त्री परिषद् पुनर्गठनमा देखिएको यो दृष्यले यादव नेतृत्वको पार्टीलाई सरकारमा  देख्न नचाहेको संकेत गर्छ। एकलौटी गर्ने निर्णयले उपप्रधानमन्त्री यादव र उक्त पार्टी चिढिने प्रधानमन्त्री ओलीलाई राम्रैसँग थाहा छ। तर, त्यसलाई नजरअन्दाज गरेर उनी अघि बढेका छन्। 

सरकारमा बस्ने कि छाड्ने भन्ने निर्णय गर्ने अधिकारी पार्टीले अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवलाई दिएको छ। समाजवादी पार्टीबाट सरकारमा रहेका सहरी विकास मन्त्री इस्तियाक राई आफ्नो पार्टी अध्यक्षको मन्त्रालय परिवर्तनका विषयमा आफूलाई पूर्व जानकारी नभएको बताउँछन्। भन्छन्, ‘सरकारका विषयमा निर्णय गर्ने एकल अधिकार पार्टीले उहाँलाई नै दिएको छ। त्यसैले हामीलाई थाहा हुँदैन। केही न केही कुरा भएरै परिवर्तन गरियो होला।’

प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई कारबाही गर्नुभन्दा पनि संविधान  संशोधनका लागि कानून मन्त्रालयमा लिइएको होला भन्ने बुझाइ समाजवादी पार्टी नेपालका नेताहरुलाई छ। जिम्मेवारी हेरफेरका विषयमा अध्यक्ष यादवलाई जानकारी रहेको हुनसक्ने अनुमान उनीहरु लगाउँछन्। मन्त्री राईलाई पनि त्यस्तै लागेको छ। उनको भनाइ छ, ‘उहाँसँग केही न केही कुरा त भएकै होला। संविधान संशोधन गर्ने हाम्रो एजेन्डा छ। त्यही जिम्मेवारीका लागि पो उहाँलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइयो कि?’

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्