• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादवमाथि कारबाही कि संविधान संशोधनको जिम्मेवारी!

64x64
डिबी खड्का बिहीबार, मंसिर ५, २०७६  ०९:३६
1140x725

काठमाडौं–  डेढ वर्षदेखि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिरहेका उपेन्द्र यादव कानुन तथा न्याय मन्त्रालय सारिएका छन्। धेरैको नजरमा उनी ‘कारबाही’मा परेका छन्। तर, उनकै पार्टीका नेताहरूलाई लाग्छ, ‘संविधान संशोधन गर्न पो कानुन मन्त्रालयको जिम्मेवारी दिइयो कि?’

उपप्रधानमन्त्री यादवले यस विषयमा पार्टी नेताहरूलाई कुनै जानकारी भने दिएका छैनन्। 

नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र स्वास्थ्य मन्त्रालयका कर्मचारी भने सरकारको प्रत्यक्ष प्रभाव देखिने स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न नसकेपछि उनलाई ‘कारबाही’ स्वरुप कानुन मन्त्रालय पुर्‍याइएको बुझ्छन्। 

कारबाही स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरिदिएका छन्। हाल भारत भ्रमणमा रहेका उनी समाजवादी पार्टी नेपालका अध्यक्ष समेत हुन्। 

पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री यादव जनतामाझ कम प्रभावशाली मानिएको कानुन मन्त्रालय सारिनुलाई धेरैले कारबाहीका रुपमा हेरको छन्। स्वास्थ्य मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘स्वास्थ्यमा सरुवाबढुवा, समायोजन, बिमा कार्यक्रमदेखि सेवा प्रवाहमा समेत गुनासो बढिरहेको छ। जसले वर्तमान सरकारलाई जनतामाझ अलोकप्रिय बनाइरहेको छ। त्यसैले उनलाई सारिएको हो।’ 

उनी भने स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने भन्दा बढी विदेश भ्रमणमा जाने गरेको गुनासो सुरुदेखि नै थियो। ‘डुलुवा मन्त्री’को उपमा पाएका उनी मन्त्री मण्डल पुनर्गठनका समयमा समेत भारत भ्रमणमा छन्। उनी शुक्रबार मात्रै नेपाल फर्किने बुझिएको छ।

उपप्रधानमन्त्री यादवमाथि मात्रै होइन, उनको पार्टीमाथि नै प्रधानमन्त्री ओलीले ‘दबाब’ सिर्जना गरिदिएका छन्। सरकारमा पार्टीका तर्फबाट सहभागी एकजना हटाइएको छ भने अर्कोलाई कम प्रभावशाली बनाउने नीति लिइएको छ।

मन्त्री यादवको पार्टीका तर्फबाट स्वास्थ्य राज्य मन्त्री रहेका डा सुरेन्द्र यादव बर्खास्तीमा परेका छन्। अस्पतालमा उपचाररत राज्यमन्त्री यादवलाई समेत जिम्मेवारीमुक्त गर्नुअघि कुनै सूचना नदिइएको बुझिएको छ। ‘राज्यमन्त्रीज्युलाई थाहा थिएन, अध्यक्षज्युले जानकारी नदिनुभएको हो कि?’ समाजवादी पार्टी नेपालका एक नेताले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनकै दलबाट सरकारमा सहभागी सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलाई पनि ‘कमजोर’ बनाउने रणनीति प्रधानमन्त्री ओलीले लिएका छन्। एकल रुपमा मन्त्रालय चलाउँदै आएका मन्त्री राईले पुनर्गठनबाट राज्यमन्त्री प्राप्त गरेका छन्। 
सामान्यतया जसले मन्त्रालयको नेतृत्व गरेको छ, उसैको पार्टीको राज्यमन्त्री बनाउने प्रचलन थियो । तर, नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद रामवीर मानन्धरलाई सहरी विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री समेत रहेका यादवसँग सुरुदेखि नै असन्तुष्ट थिए। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीपछि मन्त्री यादवले आफूलाई सहयोग नगरेको उनको बुझाइ थियो । नियुक्तिदेखि सरुवामा मनलाग्दी गरिरहेको गुनासो प्रधानमन्त्री कार्यालय पुग्ने गरेको थियो। नेकपा निकटस्थ कर्मचारीहरुलाई विदेश भ्रमण रोक्न फाइल गायव गर्नेसम्मका काम उनको सचिवालयले गरेको गुनासो प्रधानमन्त्री कार्यालय पुगेको थियो।

यसैगरी नेकपा निकटस्थ स्वास्थ्यका कर्मचारीहरुलाई छानी–छानी सरुवा र जिम्मेवारीबिहीन बनाइएको विषयमा बालुवाटार डेलिगेसन नै पुग्ने गरेको थियो। 

त्यसपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्री यादवसँग दोहोरो कुराकानी नै गर्न छाडेका थिए। स्वास्थ्य मन्त्रालयका फाइल समेत सहरी विकास मन्त्री राईले बिफ्रिङ गर्न थालेका थिए।

सत्ता साझेदारी गर्नुअघि आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टी नेपालले सरकार छाड्ने धम्की दिइरहेको थियो । तर, पछिल्लो केन्द्रीय समितिको बैठकले सरकारमै रहेर संघर्ष गर्ने नीति लियो। 

मन्त्री परिषद् पुनर्गठनमा देखिएको यो दृष्यले यादव नेतृत्वको पार्टीलाई सरकारमा  देख्न नचाहेको संकेत गर्छ। एकलौटी गर्ने निर्णयले उपप्रधानमन्त्री यादव र उक्त पार्टी चिढिने प्रधानमन्त्री ओलीलाई राम्रैसँग थाहा छ। तर, त्यसलाई नजरअन्दाज गरेर उनी अघि बढेका छन्। 

सरकारमा बस्ने कि छाड्ने भन्ने निर्णय गर्ने अधिकारी पार्टीले अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवलाई दिएको छ। समाजवादी पार्टीबाट सरकारमा रहेका सहरी विकास मन्त्री इस्तियाक राई आफ्नो पार्टी अध्यक्षको मन्त्रालय परिवर्तनका विषयमा आफूलाई पूर्व जानकारी नभएको बताउँछन्। भन्छन्, ‘सरकारका विषयमा निर्णय गर्ने एकल अधिकार पार्टीले उहाँलाई नै दिएको छ। त्यसैले हामीलाई थाहा हुँदैन। केही न केही कुरा भएरै परिवर्तन गरियो होला।’

प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई कारबाही गर्नुभन्दा पनि संविधान  संशोधनका लागि कानून मन्त्रालयमा लिइएको होला भन्ने बुझाइ समाजवादी पार्टी नेपालका नेताहरुलाई छ। जिम्मेवारी हेरफेरका विषयमा अध्यक्ष यादवलाई जानकारी रहेको हुनसक्ने अनुमान उनीहरु लगाउँछन्। मन्त्री राईलाई पनि त्यस्तै लागेको छ। उनको भनाइ छ, ‘उहाँसँग केही न केही कुरा त भएकै होला। संविधान संशोधन गर्ने हाम्रो एजेन्डा छ। त्यही जिम्मेवारीका लागि पो उहाँलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइयो कि?’

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती शुक्रबार, भदौ १९, २०८३
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्