काठमाडौं– कलाकारहरुले बिहीबार सामूहिक रुपमा भेला भई रङ खेलेर होली मनाएका छन्।
बानेश्वर चौक, गोपीकृष्ण हल चावहिलको प्रांगण र गोदावरीस्थित अभिनेत्री करिश्मा मानन्धरको निवासमा आयोजित कार्यक्रममा कलाकार तथा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति देखियो।
होली पर्वलाई कलाकारहरुले शुभकामना साटासाटसँगै चाँडै रिलिज हुने तयारीमा रहेका फिल्महरुको प्रचारप्रसार गर्न उपयोग गरे।
होली विशेष कार्यक्रममा फिल्म 'शत्रु गते', 'पञ्चायत', 'मंगलम', 'नेप्टे', 'झमक बहादुर', 'जय शम्भु' लगायत फिल्मका कलाकारहरुको बाहुल्य देखियो। प्रचारका लागि उनीहरु आ–आफ्नो फिल्मका नाम प्रिन्टेड भेस्ट लगाएर सहभागी भएका थिए।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।