काठमाडौं- रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवा अब भक्तपुरमा पनि विस्तार भएको छ। बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा आएको हो।
बाजेको भेन्चर प्रालिले फ्रान्चाइज मोडलमा विस्तार गरिरहेको नयाँ शाखाको उद्घाटन बुधबार बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले गरे।
विगत तीन महिनाको अवधिमा ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा पनि शाखा सञ्चालन गरिएको थियो।
उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ। अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा छ।
बाजेको सेकुवाका अप्रेसन प्रमुख सञ्जिव तिमल्सिनाका अनुसार जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा रेस्टुरेन्टको शाखा सञ्चालन गर्ने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।