काठमाडौं- आज उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरुमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदैछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्ष अघिसम्म उपत्यकामा अभद्र रुपमा मनाइने यो पर्व यसपालि भने अलि सभ्य देखिएको छ। आपसी रङ अबिर दलेर मनाइने यो पर्वले सामाजिक एकता, भातृत्व र प्रेमलाई प्रगाढ बनाउँदै आएको छ।
काठमाडौंका पर्यटकीय क्षेत्रमा भने विदेशी नागरिकहरुले पनि नेपालीसँगसँगै रङअबिर दलेर होलीमा खुसी साटिरहेका छन्।
होलीमा रंगिएको ठमेल यस्तो छ-

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।