काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिमचरणमा पुगेसँगै विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गरिदिन सरोकारवाला निकायसँग अनुरोध गरेको छ।
मन्त्रालयले विमानस्थल सञ्चालन गर्न कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी दरबन्दी स्वीकृतका लागि अर्थलाई पत्रचार गरेको छ। अर्थले पनि पर्यटन मन्त्रालयबाट आएको पत्रअनुसार भन्सार, क्वारेन्टाइन, अध्यागमन, सुरुक्षा र श्रमको लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृतका लागि अर्थलाई अनुरोध गर्दै पत्र लेखेको छ।
विमानस्थल निमार्ण अन्तर्गत अहिले ९२ प्रतिशतभन्दा बढी काम सकिइसकेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गर्नुपर्ने अन्तिम समय डिसेम्बर ३१ हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आउँदो बैशाखसम्ममा विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।