काठमाडौं– सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अर्थात ‘भिजिट नेपाल २०२०’को अभियानको रुपमा मनाउने गरी पर्यटकीय गन्तव्यको प्रचारप्रसारकाे काम तीव्र पारेकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल, नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल सचिवालयले भिजिट नेपालको लागि भन्दै देश तथा विदेशमा प्रचारप्रसारको कार्यक्रम गरिहरेका छन्।
साथै सरकारले गैरआवसीय नेपाली संघ एनआरएनसँग पनि एमओयू गरिसकेको छ। योसँगै नेपाल पर्यटनबोर्ड र भिजिट नेपाल सचिवालयले विभिन्न कार्याक्रकम गर्दै आएका छन्। भिजिट नेपाल सचिवायले विदेशी मिडिया मार्फत पनि प्रचारप्रसार समेत थालिसकेको छ।
मन्त्रालयले जनवरीको पहिलो साताभित्रै विश्वभर रहेका कुटनीतिक नियोगको सहकार्यमा भिजिट नेपालको उद्घाटन गर्ने तयारीसमेत गरेको छ। देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत् आउने पर्यटकलागि नेपाली मौलिक संस्कृतिको पहिचान हुने गरी स्वागत गर्ने तयारी सरकार छ।
विमानस्थलाई बुटिक विमानस्थलको रुपमा जनवरी १ देखि नै उद्घाटन गर्ने तयारीसमेत अन्तिमचरणमा पुराइएको छ। यतिमात्रै हैन सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै सगरमाथा डाइलगलगायतका अन्तर्राष्ट्रिय कार्यक्रमको समेत तयारी गरिरहेको छ।
यसैगरी सचिवालयले भिजिट नेपाल २०२० लागि भन्दै थप ३० वटा गन्तव्य पनि छनौट गरिसकेको छ। तर, पर्यटक आगमनको संख्या बढेपनि बृद्धिदर भने घटिरहेको छ। पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्मको पर्यटक आगमन ९ लाख ७५ हजार ५ सय ५७ पुगको छ।
यो पर्यटक संख्या गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले मात्रै बढी हो। तर, सरकारले सन् २०२० लाई नेपाल भिजिट वर्षको रुपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। पर्यटक आगमनको बृद्धिदरलाई लिएर विशलेषण गर्ने हो भने सरकारी लक्ष्य पुरा हुने सम्भव छैन।
सन् २०१८ मा २४ प्रतिशतले बढेको पर्यटक आगमन यो वर्षको अन्त्यसम्ममा १० प्रतिशत भन्दा नबढ्ने अनुमान पर्यटन व्यवसायीको छ। यो वर्ष १२ लाख पर्यटक नेपाल भ्रमणमा आए भने सन् २०२० मा थप ८ लाख पर्यटक बढी नेपाल ल्याउनु पर्ने चुनौति सरकारमाथि छ।
तर, यो अहिलकै पूर्वाधार विकासले सम्भव नभएको पर्यटन व्यवसायी बताउँछन। नेपालमा पर्यटक भित्र्याउन पूर्वाधारको अभाव नै मुख्य समस्याका रूपमा रहेको नेपाल होटल एसोसिएसका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन।
‘सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारी लक्ष्य राम्रो हो। कुनै पनि क्षेत्रको विकासका लागि सरकारले कुनै समय सीमा राखेर त्यो पुरा गर्छौं भन्ने लक्ष्य लिनुपर्छ, ‘शाहले भने, ‘लक्ष्य एकै पटकमा पूरा नभएपनि लक्ष्य अनुरुपमा काम पूरा गर्न आवश्यक तयारी भने गर्नु पर्छ।’
सकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि कसरी बढी पर्यटक नेपाल ल्याउने? भन्ने विषयमा केन्द्रित भने हुन नसकेको उनको भनाइ छ। नेपालको पर्यटन विकासमा सबैभन्दा पहिले पूर्वाधारको विकास हुनुपर्छ।
तर, यहाँ पूर्वाधार विकासले कुनै महत्व नपाएको उनकाे जिकिर छ। ‘विमानस्थल विस्तार र अन्य पूर्वाधारको विकास गर्न नसकेको अवस्थमा २० लाखको लक्ष्य पूरा नहुने शंका उनको छ।
‘पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नहुनु पनि एक प्रमुख समस्या हो,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, ‘मुलुकमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यसमा पनि विमानस्थलको एउटामात्र रन वे र कमजोर व्यवस्थापन भइदिँदा सहज रूपमा पर्यटक नेपाल आउन सक्ने अवस्था छैन।’
नेपाल विश्वमा मंहगो हवाई भाडा भएको देशको रुपमा चिनिन्छ। 'मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सुविधा पनि पर्यटकमैत्री छैनन्। विमानस्थल साँघुरो भइदिँदा विमान आकासमा डेढ/दुई घन्टा होल्ड गर्नुपर्छ। पाइलटले विमान आकाशमाथि घुमाउन थालेपछि यात्रुको मन त्रसित भइहाल्छ। एउटा हाइप्रोफाइल टुरिस्टलाई विमानस्थलबाट ब्यागेज क्रस गराई बाहिर हकर अट्याकबाट जोगाएर गन्तव्यमा पुर्याउन चुनौती बनिरहेको छ,’पर्यटन व्यवसायी सुमन पाण्डले भने।
नेपालकाे पर्यटन विकासका लागि सबैभन्दा पहिलो खुट्किलो भनेको पूर्वाधारकै विकास रहेको उनको समेत भनाइ छ। सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। तर, सरकारले नेपाल जस्तो पर्यटकीय सम्भावन बोकेको र गन्तव्य नै गन्तव्यले भरीभराउ देशमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिनु पर्ने पाण्डे बताउँछन्।
तर, अहिलको अवस्थालाई हेर्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२० भित्रै सञ्चालन हुने अव्वस्था छैन। यो विमानस्थल सञ्चालन नभएमा २० लाख पर्यटक आगमन पनि सहज नहुन सक्ने पाण्डेले बताए।
पाण्डेले भनेको जस्तै सरकारले सन् २०२० भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानसथल सञ्चालनमा ल्याउन नसकेको अवस्थमा पर्यटक आगमन ठूलो संख्यामा बढ्ने अवस्था छैन। नेपाल भ्रमणमा आउने भारतीय पर्यटकबाहेक अन्य पर्यटकको प्रमुख बाटो विमानस्थल नै हो।
सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको छ। विमानस्थलमा अहिले भइरहेको उडानको संख्या बढ्ने अवस्था पनि छैन। अहिले उडान गरिरहेका एयरलाइन्स कम्पनीको अकुपेन्सी पनि सिजनको बेलामा ९० भन्दा माथि नै छ।
जसका कारण पनि पर्यटक आगमनमा सन् २०२० मा ४० प्रतिशत बढने अवस्था देखिदैन। सन् २०१५ मा ५ लाख ३९ हजार ९ सय ७०, २०१६ –७ लाख ५३ हजार २, २०१७ –९ लाख ४० हजार २ सय १८, २०१८ –११ लाख ७३ हजार ७२ र २०१९ को १० महिना–९ लाख ७५ हजार ५ सय ५७ पर्यटक नेपाल आएका छन्। तस्बिर : नेपाल पर्यटन बाेर्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।