• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्य निरुपण र बेपत्ता छानविन आयोगमा अधिकांश पुरानै नाम सिफारिस गर्ने तयारी

द्वन्द्वपीडित भन्छन्- याे कुनै पनि हालतमा स्वीकार्य हुँदैन
64x64
रामकुमार डिसी आइतबार, मंसिर १, २०७६  १०:०५
1140x725

काठमाडौं- द्वन्द्वकालीन मुद्दा टुंग्याउन गठित सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा अधिकाशं पुरानै नाम सिफारिस हुने भएका छन्। रिक्त दुई आयोगमा नाम सिफारिस गर्नका आइतबार बिहान सिफारिस समितिको बैठक डाकिएको छ।

समितिकी एकजना सदस्य शर्मिला कार्कीले आज बैठक बस्न लागेको र आयोगमा सिफारिस गर्ने व्यक्तिको नाम सूचि प्रकाशित गरिने नेपाल लाइभलाई जानकारी दिइन्। ‘आज सूचि सार्वजनिक गर्ने भनेका छौं,’ कार्कीले भनिन्, ‘अस्ति (शुक्रबार) पनि बसेका थियौं. तर त्यो दिन भ्याइएन।’

स्रोतका अनुसार दुवै आयोगका लागि अधिकाशं पुरानै नाम सिफारिस गर्ने समितिको तयारी छ। सत्य निरुपण मेलमिलाप आयोगमा दुई जना पुरानै पदाधिकारी सिफारिस गर्ने तयारी समितिको छ।

आयाेगमा पुनः दोहोरिनेमा माधवी भट्ट र श्रीकृष्ण सुवेदी रहेका छन्। अध्यक्ष र अन्य दुई सदस्यमा भने नयाँ नाम सिफासि हुने छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा भने गणेशदत्त भट्टलाई नियुक्त गर्न शीर्ष नेताहरू सहमत भएका छन्।

उनी नेपाल ल क्याम्पसका सहप्राध्यापक हुन्। द्वन्द्वकालीन आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा बैठक बोलाएका थिए। उक्त बैठकमा ओली, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपणमा भट्टको नाम सिफारिस समितिमा पठाने सहमति भएको थियो।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा भने सबै पुरानै पदाधिकारी दोहोरिने भएका छन्। यसअघि आयोगमा लोकेन्द्र मल्लिक अध्यक्ष थिए भने बिजुल विश्वकर्मा दुलाल, विष्णु पाठक, नरकुमारी गुरुङ र आईबहादुर सदस्य थिए।

२०७१ सालमा गठन भएका दुवै आयोगका पदाधिकारीको म्याद गत माघ २६ मा नै सकिएको थियो। दुई वर्षको म्यान्डेट पाएका पदाधिकारीको म्याद चार वर्षसम्म लम्ब्याउँदा पनि खासै काम हुन सकेन।

द्वन्द्वपीडितहरूको संस्था द्वन्द्वपीडित साझा चौतारीले भने दलहरूबीच भएको भनिएको यस्तो सहमति र सिफारिस समितिको तयारीप्रति आपत्ति जनाएको छ। ‘शुक्रवार प्रमुख दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुको अध्यक्ष र सदस्यहरुको नाम तय गरेको भन्ने विभिन्न संचारमाध्यममा प्रकाशित समाचारहरु प्रति द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण भएको छ,’ चौतारीले शनिबार निकालेको विज्ञप्तिमा भनेकाे छ,‘ यी आयोगहरुको अध्यक्ष तथा सदस्यहरु चयन गर्ने जिम्मेवारीसहित गठित सिफारिस समितिलाई निर्देशन गर्ने गरि भएको उक्त निर्णयले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रहरु निष्पक्ष र स्वतन्त्र नहुने स्पष्ट भएको छ।’

Ncell 2
Ncell 2

चौतारीले ‘पीडित समुदाय स्वयंले असक्षम घोषणा गरेका कतिपय पुरानै पदाधिकारी समेत नियुक्ति गर्ने गरि नाम तय गर्ने कार्य’ पीडित समुदायलाई स्वीकार्य नहुने चेतावी दिएको छ। चौतारीका अध्यक्ष भागिराम चौधरीले कुनै विषयस्तु नै थाहा नभएका, पीडितले नचिनेका र पहिले काम गर्न नसकेका पदाधिकारी पुनः सिफारिस गर्न लागिएको भन्दै त्यसप्रति आपत्ति जनाए। ‘सत्य निरुपणमा अहिले सिफारिस गर्ने भनेर जुन व्यक्तिको नामको चर्चा भइरहेको छ, उहाँलाई न विषय वस्तु थाहा छ, न पोर्टफोलियो नै मिल्छ,’ चौधरीले भने, ‘पीडितले समेत नचिन्ने र पहिले असफल भएका व्यक्तिलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं ।’

सत्य निरूपणमा यसअघि गोविन्द बन्दी र सूर्य ढुंगेलको पनि चर्चा थियो। तर, त्यसमा प्रचण्ड र देउवा सहमत नभएपछि त्यसबाट दलहरुपछि हटेका थिए। बन्दीलाई देउवा र ढुंगेललाई प्रचण्डले नमानेपछि उनीहरू अर्को विकल्पको खोजीमा थिए।

त्यसपछि दलहरुले पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सिफारिस गर्ने सहमति गरेका थिए। तर पीडितहरूले त्यसमा विरोध गरेपछि त्यसबाट उनीहरु पछि हटेका थिए।

‘सिफारिस समिति कठपुतली मात्र’

द्वन्द्वपीडितले समितिको अधिकारमाथि हस्तक्षेप गरि नाम सिफारिस गर्न दलहरुले निर्देशन दिएको भन्दै यसले न्याय सम्पादन निष्पक्ष रुपमा नहुने बताएका छन्। ‘यी आयोगहरुको अध्यक्ष तथा सदस्यहरु चयन गर्ने जिम्मेवारीसहित गठित सिफारिस समितिलाई निर्देशन गर्ने गरि भएको उक्त निर्णयले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रहरु निष्पक्ष र स्वतन्त्र नहुने स्पष्ट भएको छ,’ द्वन्द्वपीडित साझा चौतारीले भनेको छ, ‘राजनीतिक दलहरुकाबीच भएको भनिएको उक्त सहमतिले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरु निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बाेलेको छ।’

गत चैत्रको दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त हुने पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय समिति बनाएको थियो। समितिले छोटै समयमा नाम सिफारिस गर्ने भनेको भए पनि लामो समयसम्म त्यो काम गर्न सकेन्। समितिले समयमै नाम सिफारिस गर्न नसक्नुमा राजनीतिक दलकाे हस्तक्षेप कारक रहेको पीडितहरु ठान्छन्।

सर्वोच्च अदालतले किटान गरेको प्रक्रियालाई समेत नजरअन्दाज गर्दै दलहरुले सिफारिस समितिको काममा हस्तक्षेप गरेको भन्दै चौतारीले सिफारिस समिति ‘दलहरुको कठपुतली’ भएको आरोप लगाएको छ। ‘द्वन्द्व पीडितलाई न्याय सुनिश्चित गर्न गठन हुनुपर्ने दुवै आयोगहरु स्वीकृत मापदण्ड समेतको आधारमा स्वतन्त्र रुपमा गठन हुनुपर्ने भन्ने सर्वोच्च अदालतले किटान गरेको प्रक्रियालाई नजरअन्दाज गर्दै दलहरुले हस्तक्षेप गरि पदाधिकारीको नाम तय गर्ने कार्यले सिफारिस समिति कठपुतली मात्र बनेको र यसको औचित्य पूर्ण रुपमा समाप्त भएको हाम्रो ठहर छ,’ चौतारीको विज्ञप्तिमा भनिएको छ।

चौतारीले सिफारिस समितिमा सदस्य पठाएको राष्ट्रिय मानवअधिकार आयोगलाई समेत त्यस्तो काममा सहभागी नहुन आग्रह गरेको छ। ‘कानून वमोजिम सिफारिस समितिमा प्रतिनिधित्व गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग जस्तो संवैधानिक निकायले प्रक्रियाविनाको दलहरुको निर्देशनमा हुने सिफारिस कार्यमा संलग्न हुनु आयोगको स्वतन्त्रता, विश्वसनियता र आयोगको तर्फबाट प्रतिनिधित्व गर्ने आयुक्तको नैतिकतामा प्रश्न चिन्ह लाग्ने कुरालाई राष्ट्रिय मानवअधिकार आयोग जस्तो निकायले गम्भीरतापूर्वक लिनुपर्दछ,’ चौतारीले भनेको छ, ‘यस्तो अपारदर्शि र अलोकतान्त्रिक कार्यमा संलग्न नहुन हामी आयोगलाई पुनः आह्वान गर्दछौ।’

आयोगका तर्फबाट आयोगका सदस्य प्रकाश वस्ती सिफारिस समितिका सदस्य छन्। यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूर्वमहान्यायाधिवक्ता श्रेष्ठमाथि दलहरुले सहमति गरेको खबर बाहिर चुहिएपछि मानवअधिकार आयोगले त्यसप्रति आपत्ति जनाएको थियो। राजनीतिक दलले नाम सिफारिस गर्ने समितिको अधिकारमाथि हस्तक्षेप गरे संक्रमणकालीन न्याय सम्पादन निष्पक्ष नुहने भन्दै त्यसो नगर्न आयोगले दलहरुलाई चेतावनी समेत दिएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ ग... बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्