• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा केसी अनसनको आठौं दिन : दिनभर के-के भयो डडेल्धुरामा?

प्रहरीको बल प्रयोगदेखि सिडिओ भेट्न इन्कारसम्म
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  २१:४७
1140x725

डडेल्धुरा- डडेल्धुरा अस्पतालले आइतबार बेलुका अनसनरत प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै एक प्रेस विज्ञप्ति जारी गर्‍यो।

केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। 

विगत ८ दिनदेखि डडेल्धुरामा डा. केसी अनसन बसिरहेका छन्।

निजी घरबाट डडेल्धुरा अस्पताल सारिएका डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।

शारीरिक अवस्था बिग्रँदै गएको भन्दै अस्पतालले भौतिक सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्न आवश्यक भएको बताइससकेको छ।

‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

बिहानै डडेल्धुरा पुग्यो हेलिकोप्टर
केसीको स्वास्थ्य अवस्था बिग्रिएकाले सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भन्दै अस्पतालले विज्ञप्ति निकालेपछि जिल्ला प्रशासन कार्यालयले सेनाको हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयमा अनुरोध गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रशासनको अनुरोधलाई स्वीकार गर्दै गृहले सोमबार बिहान नेपाली सेनाको एनए-०५५ हेलिकोप्टर डडेल्धुरा पठायो। बिहान ८ बजेपछि अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रणबम गण ब्यारेकमा सो हेलिकोप्टर अवतरण गर्‍यो। हेलिकोप्टर सुर्खेतबाट आएको थियो।

हेलिकोप्टर डडेल्धुरा पुगेसँगै प्रहरी प्रशासनले डा.केसीलाई लैजान बल प्रयोग गर्न खोज्यो। तर त्यो प्रयास असफल भयो। डा.केसीले काठमाडौं नजाने अडान राखे। 

‘प्रहरी-प्रशासनको गुन्डागर्दी चल्दैन’
आफूले अघि सारेका माग पूरा नभएसम्म डडेल्धुराबाट अन्यत्र नजाने अडान केसीको छ। सोमबार बिहान प्रहरी प्रशासनले बल प्रयोग गरेर काठमाडौं लैजाने प्रयास गरेपछि केसीले प्रहरी–प्रशासनको ‘गुन्डागर्दी चल्दैन’ भन्ने अभिव्यक्ति दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘म ठीक छु। यहाँ प्रहरी प्रशासनको गुन्डागर्दी चल्दैन। ओलीको पनि गुन्डागर्दी चल्दैन यहाँ,’ उनले भने, ‘प्रहरी जनताको सेवक हुनुपर्नेमा ओलीको सेवक?’

‘म यहाँबाट जाँदै जान्नँ। यहाँका जनताले मेरो उपचार गर्नुपर्छ भनेपछि मात्रै जान्छु होला। नत्र म जाँदैजाँदिनँ,’ अन;नरत केसीले थपे, ‘मलाई अप्ठ्यारो भएपछि त म भनिहाल्छु नि लैजानु भनेर।’

टायर बालेर चक्काजाम 
‘हेलिकोप्टरमाफर्त केसीलाई काठमाडौँ लगिँदै छ’ भन्ने खबर पाएसँगै डा केसीका समर्थकहरु डडेल्धुरामा बिहानै चक्काजाम गरे। ८ बजेपछि  १२ बजेसम्म यातायात ठप्प पारियो डडेल्धुरामा। 

डडेल्धुरा अस्पतालदेखि करिब तीन सय मिटरको दुरीमा रहेको तुफानडाँड चोकमा टायर बालेर चक्काजाम गरिएको थियो। बन्दका कारण डडेल्धुरा भएर तराइ जाने र बैतडी, दार्चुला, बझाङ जाने यात्रुहरु मारमा परे। लगभग चार घन्ठाको चक्काजाम पछि यातायात संचालनमा आयो।

केसीले जान नमानेपछि सर्वदलीय बैठक
अनसनरत डा.केसीले काठमाडौं नजाने अडान राखेपछि प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडलेले सर्वदलीय/सर्वपक्षीय बैठक आह्वान गरे। दिउँसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वदलीय/सर्वपक्षीय बैठक बस्यो।

स्थानीय जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघलगायतको उपस्थितिमा बैठक बस्यो। 

प्रहरीले बैठकको सुरुमा केसीलाई लैजान हेलिकोप्टर जिल्लामा आएको जानकारी गराए। त्यसपछि बैठकमा सहभागी प्रतिनिधिहरुले केसीलाई काठमाडौँ लैजाने/नलैजाने विषयमा धारण राख्न भने। पालैपालो सबैले धारणा राखे।

जिल्ला प्रशासन कार्यालयको पहलमा बोलाइएको सर्वपक्षीय बैठकले ‘डा.केसीलाई इच्छाविपरीत लान मिल्दैन’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकाल्यो। अनसनको आठ दिन बित्दासमेत सरकारले कुनै प्रतिक्रिया नजनाएको प्रति बैठकमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए। उनीहरुले केसीका माग तत्काल सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखेका थिए।

सोमबारसम्म पनि डा केसीलाई भेट्न नपुगेका प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुखसहित अनसनस्थल डडेल्धुरा अस्पताल पुगे। 'बाहिर सिडिओ साप् आउनु भा'छ' भन्ने खबर डा.कसीलाई दिइयो। उनीले सिडिओसँग नभेट्ने बताएपछि फिर्ता भए। 

बैठकको बीचैमा मुख्यमन्त्रीको फोन 
मुख्यमन्त्री त्रिलोचन भट्टले फोनमार्फत सर्वदलीय बैठकमा सम्बोधन गरेका थिए। उनले केसीले उठाएका मागप्रति आफू सकारात्मक रहेको बताए। 

केसीको स्वास्थ्य मुख्य कुरा भएकाले सहज वातावरणमा उनलाई काठमाडौं पठाउन सहयोग गरिदिन सर्वदलीय बैठकमा आग्रह गरे मुख्यमन्त्रीले। उनले उठाएका माग सम्बोधनका लागि प्रदेश सरकारले पहल गरिरहेको समेत उनले बताए। 

‘डा. केसीले सुदूरपश्चिका समेत माग उठाउनु भएको छ। उहाँका माग सकारात्मक छन्,’ सर्वदलीय बैठक चल्दै गर्दै फोन गरेका मुख्यमन्त्रीले भने, ‘उहाँका मागहरु सम्बोधनका लागि सम्बन्धित मन्त्रालय, प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्नेछु।’

'मुख्यमन्त्रीले डा.केसीसँग पनि फोनवार्ता गर्न खोजेका थिए,' डा. केसीलाई उद्धृत गर्दै डा तोसिमा कार्कीले भनिन्, ‘मुख्यमन्त्रीले हाम्रो माग पूरा गर्ने सक्दैनन्। उनीसँग किन कुरा गर्ने?'

रित्तै फर्कियो हेलिकोप्टर
डा केसीको नफर्कने अडान र सर्वपक्षीय बैठकको निर्णयपछि अनसनरत डा केसीलाई लिन डडेल्धुरा आइपुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्कियो। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको थियो। त्यसका लागि सोमबार बिहान सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। 

आठ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भयो। डा.केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास पनि सफल हुन सकेन।

डा.केसीको जीवनरक्षाका लागि आफूले सुविधासम्मन्न अस्पतालमा लैजान प्रयास गरे पनि उनका समर्थकले असहमति जनाएपछि सेनाको हेलिकोप्टर फिर्ता पठाइएको प्रजिअ पौडेलले बताए। गृह मन्त्रालयबाट निर्देशन आएपछि हेलिकोप्टर फर्किएको हो।

कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै एक निजी घरमा अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि पाँचौ दिनमा डडेल्धुरा अस्पताल सारिएको थियो। सोमबार आठौं दिन पनि केसीले अस्पतालमै आफ्नो अनसन जारी राखेका छन्।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिकन्दर राजाको आक्रामक ब्याटिङले चितवनलाई १५१ रन, पोखराले पायो १५२ को लक्ष्य
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सिकन्दर राजाको आक्रामक ब्याटिङले चितवनलाई १५१ रन, पोखराले पायो १५२ को लक्ष्य शुक्रबार, कात्तिक २०, २०८३
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव शुक्रबार, कात्तिक २०, २०८३
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वपछि पत्रकार महासंघ चरणवद्द आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा क्यानबाट मोटरसाइकल र स्कुटर जित्ने बढ्दै शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्