• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एक रात जसले चाहरका लागि सबै कुरा बदलिदियो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  ०७:१०
1140x725

काठमाडौं- बंगलादेशविरुद्धको टी २० सिरिजको तेस्रो खेलमा भारतका दीपक लोकेन्द्रसिंह चाहरले जस्तो खेल देखाए त्यसले क्रिकेट समर्थकमाझ उनको चर्चा चुलिएको छ। नयाँ बलमा पनि ‘स्वीङ’ गराउन सक्ने उनको क्षमता बंगलादेशविरुद्ध विशेष रुपमा देखिएको थियो।

चाहरले ३.२ ओभर बलिङ गरेर ७ रन दिँदै ६ विकेट लिए। त्यसमा १८ औँ ओभरको अन्तिम बलमा बंगलादेशका सफिउल इस्लामलाई आउट गरेका चाहरले २० औँ ओभरको पहिलो बलमा मुस्तफिजुर रहमान र दोस्रो बलमा अमिनुल इस्लामलाई आउट गर्दै ह्याट्रिक नै लिए। 

चाहरको ७ रन दिएर ६ विकेट लिनु अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा सबैभन्दा राम्रो बलिङ तथ्यांक हो। यसअघि २०१२ को सेप्टेम्बरमा जिम्बावेविरुद्ध श्रीलंकाका अजन्ता मेन्डिसले ८ रन दिएर लिएको ६ विकेट कीर्तिमानमा थियो। मेन्डिसले नै २०११ मा अस्ट्रेलियाविरुद्ध १६ रन दिएर ६ विकेट लिएका थिए। तर, अहिले यी सबै तथ्यांकलाई पछि पार्दै चाहर अगाडि देखिएका छन्। 

बंगलादेशविरुद्ध पहिलो खेलमा चाहरले ३ ओभरमा २४ रन दिएर एक विकेट र दोस्रो खेलमा ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए। दुई खेलमा खासै नचले पनि तेस्रो खेलमा चाहरकै उत्कृष्ट बलिङमा भारतले टी २० श्रृङ्खला नै जित्यो। पहिलो खेलमा बंगलादेशसँग ७ विकेटले हारेको भारतले दोस्रो खेल ८ विकेटले जितेको थियो। तेस्रो खेलमा आइतबार राति ३० रनले जित्दै भारतले तीन खेलको श्रृङ्खला नै जितेको हो। 

भारतीय टी २० टिममा पर्न सक्नुमा चाहरको क्षमता जसरी देखिएको थियो, बंगलादेशविरुद्ध उनले त्यसलाई प्रमाणित गरे। नयाँ बलमा उनले देखाएको क्षमताले १ सय ७५ रनको लक्ष्य बंगलादेश दबाबमा परेको थियो। तेस्रो ओभरमा लिन्टन दासलाई आउट पारेका उनले सौम्य सरकार र मोहम्मद मिथुनलाई पनि राम्ररी खेल्न दिएनन्। 

यसअघि गएको अगस्टमा वेस्ट इन्डिजलाई ७ विकेटले हराएको खेलमा चाहरले तीन ओभरमा चार रन दिएर तीन विकेट लिएका थिए। त्यसबेला नै नयाँ बलमा आफ्नो बलिङ क्षमता देखाएका ‘मिडियम प्रेसर’ उनले बंगलादेशविरुद्ध त निकै राम्रो बलिङ गरे। 

बंगलादेशविरुद्ध भारतको बलिङले १ सय ७४ रन जोगाउन सक्ला भन्ने प्रश्नमा चाहर खरो उत्रिए। पाँच जना मात्रै बलर राखेर खेलिरहेको भारतमा पाँचौ बलरमा पनि धेरै अनुभव नभएका शिबम दुबे थिए। आफ्नो तेस्रो टी २० अन्तर्राष्ट्रिय खेलिरहेका दुबे विशेष त ब्याटिङका लागि नै चिनिन्छन्। यस्तोमा लेगस्पिनर युजभेन्द्रर चाहलसँगै ७ अन्तर्राष्ट्रिय टी २० मात्रै खेले पनि चाहर नै अनुभवि बलरका रुपमा थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बिशेष त ‘पावर प्ले’ बलरका रुपमा चिनिने चाहरलाई कप्तान रोहित शर्माले नयाँ रुपमा प्रस्तुत गर्नुले पनि उनको क्षमता खारिएको थियो। ‘मैले महत्वपूर्ण ओभरहरुमा बलिङ गर्नुपर्छ भनिएको थियो। विशेष त मैले नयाँ बलमा नै बलिङ गरिरहेको हुन्छु, तर रोहित दाइले अहिले महत्वपूर्ण हुने ओभरमा गराउने कुरा गर्नुभयो। ममाथि विश्वास गरेर दिइएको अवसरले म खुसी छु’ खेलपछि प्रतिक्रिया दिँदै चाहरले भने। 

ओसका कारण बल चिप्लिएर अप्ठ्यारो भइरहेको मैदानमा चाहरले हरेक समय बल फाल्नुअघि रुमालले पुछिरहेका थिए। यसैले पावर प्लेमा पाएको एक ओभरमा नै उनले आफ्नो क्षमता देखाए। भिजेको बलमा उनले प्राय त ‘सट बल’ नै फालिरहेका थिए। उनले ‘फुल लेन्थ’मा एकै बल पनि फालेनन्।

उनले ‘गुड लेन्थ’मा फालेका बल पनि खुलेर खेल्न मिल्ने भने थिएन। अन्तिमतिरको ह्याट्रिकको धेरै चर्चा भइरहे पनि भारतको जितको आधार चाहरले त्यसअघि नै तयार पारिसकेका थिए। 

Xtrem

Xtrem

खेलपछि चाहरको प्रतिक्रिया थियो– ‘यस्तो गर्न सकुँला भन्ने सपनामा पनि सोचेको थिइनँ। राम्रो खेल्नुपर्छ भनेर सानो बेलादेखि नै मेहनत गरिरहेको हुन्थेँ, जुन अहिले देखिएको छ।’

उनले भनेजस्तै आइतबार रातिको हरेक बल ध्यानपूर्वक हेरिरहेका चाहरका बुबा लोकेन्द्रसिंह चाहर पनि भन्छन्– ‘उनले सबै गरेर एक लाख भन्दा बढी पटक नेटमा बल फाल्दै गरेको अभ्यासले यस्तो खेल देखिन सकेको हो।’ भारतीय वायु सेनाका अवकाशप्राप्त कर्मचारी लोकेन्द्रसिंहले छोराको खेलले आफ्नो लामो समयको प्रतिक्षा पूरा भएको सुनाए। 

अहिले २७ वर्ष पुगेका चाहर १८ वर्षको उमेरदेखि नै घरेलु क्रिकेटमा राम्रो चलिसकेका थिए। रञ्जी ट्रफी जस्ता प्रतियोगितामा चलिरहेका उनी केही समय भने घाइते भएर पछाडि बस्नुपरेको थियो। आइपिएलमार्फत पुनरागमन गर्न सकेपछि त चाहरले क्षमता धेरैले नियाले। राष्ट्रिय टिमका पूर्वकप्तना महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको आइपिएल टिम चन्नई सुपर किंग्समा दुई सिजन खेलेपछि त उनको राष्ट्रिय टिमको बाटोसमेत खुल्यो।

(क्रिकेटर चाहरबारेको यो सामग्री क्रिकइन्फो, क्रिकबज र टाइम्स अफ इन्डियामा आधारित रहेर तयार पारिएको हो।) 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस्
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
गुरुराज घिमिरेको उद्घोष: कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्छौं आइतबार, असोज १८, २०८३
तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन आइतबार, असोज १८, २०८३
नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग आइतबार, असोज १८, २०८३
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्