• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एक रात जसले चाहरका लागि सबै कुरा बदलिदियो

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  ०७:१०
1140x725

काठमाडौं- बंगलादेशविरुद्धको टी २० सिरिजको तेस्रो खेलमा भारतका दीपक लोकेन्द्रसिंह चाहरले जस्तो खेल देखाए त्यसले क्रिकेट समर्थकमाझ उनको चर्चा चुलिएको छ। नयाँ बलमा पनि ‘स्वीङ’ गराउन सक्ने उनको क्षमता बंगलादेशविरुद्ध विशेष रुपमा देखिएको थियो।

चाहरले ३.२ ओभर बलिङ गरेर ७ रन दिँदै ६ विकेट लिए। त्यसमा १८ औँ ओभरको अन्तिम बलमा बंगलादेशका सफिउल इस्लामलाई आउट गरेका चाहरले २० औँ ओभरको पहिलो बलमा मुस्तफिजुर रहमान र दोस्रो बलमा अमिनुल इस्लामलाई आउट गर्दै ह्याट्रिक नै लिए। 

चाहरको ७ रन दिएर ६ विकेट लिनु अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा सबैभन्दा राम्रो बलिङ तथ्यांक हो। यसअघि २०१२ को सेप्टेम्बरमा जिम्बावेविरुद्ध श्रीलंकाका अजन्ता मेन्डिसले ८ रन दिएर लिएको ६ विकेट कीर्तिमानमा थियो। मेन्डिसले नै २०११ मा अस्ट्रेलियाविरुद्ध १६ रन दिएर ६ विकेट लिएका थिए। तर, अहिले यी सबै तथ्यांकलाई पछि पार्दै चाहर अगाडि देखिएका छन्। 

बंगलादेशविरुद्ध पहिलो खेलमा चाहरले ३ ओभरमा २४ रन दिएर एक विकेट र दोस्रो खेलमा ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए। दुई खेलमा खासै नचले पनि तेस्रो खेलमा चाहरकै उत्कृष्ट बलिङमा भारतले टी २० श्रृङ्खला नै जित्यो। पहिलो खेलमा बंगलादेशसँग ७ विकेटले हारेको भारतले दोस्रो खेल ८ विकेटले जितेको थियो। तेस्रो खेलमा आइतबार राति ३० रनले जित्दै भारतले तीन खेलको श्रृङ्खला नै जितेको हो। 

भारतीय टी २० टिममा पर्न सक्नुमा चाहरको क्षमता जसरी देखिएको थियो, बंगलादेशविरुद्ध उनले त्यसलाई प्रमाणित गरे। नयाँ बलमा उनले देखाएको क्षमताले १ सय ७५ रनको लक्ष्य बंगलादेश दबाबमा परेको थियो। तेस्रो ओभरमा लिन्टन दासलाई आउट पारेका उनले सौम्य सरकार र मोहम्मद मिथुनलाई पनि राम्ररी खेल्न दिएनन्। 

यसअघि गएको अगस्टमा वेस्ट इन्डिजलाई ७ विकेटले हराएको खेलमा चाहरले तीन ओभरमा चार रन दिएर तीन विकेट लिएका थिए। त्यसबेला नै नयाँ बलमा आफ्नो बलिङ क्षमता देखाएका ‘मिडियम प्रेसर’ उनले बंगलादेशविरुद्ध त निकै राम्रो बलिङ गरे। 

बंगलादेशविरुद्ध भारतको बलिङले १ सय ७४ रन जोगाउन सक्ला भन्ने प्रश्नमा चाहर खरो उत्रिए। पाँच जना मात्रै बलर राखेर खेलिरहेको भारतमा पाँचौ बलरमा पनि धेरै अनुभव नभएका शिबम दुबे थिए। आफ्नो तेस्रो टी २० अन्तर्राष्ट्रिय खेलिरहेका दुबे विशेष त ब्याटिङका लागि नै चिनिन्छन्। यस्तोमा लेगस्पिनर युजभेन्द्रर चाहलसँगै ७ अन्तर्राष्ट्रिय टी २० मात्रै खेले पनि चाहर नै अनुभवि बलरका रुपमा थिए। 

Ncell 2
Ncell 2

बिशेष त ‘पावर प्ले’ बलरका रुपमा चिनिने चाहरलाई कप्तान रोहित शर्माले नयाँ रुपमा प्रस्तुत गर्नुले पनि उनको क्षमता खारिएको थियो। ‘मैले महत्वपूर्ण ओभरहरुमा बलिङ गर्नुपर्छ भनिएको थियो। विशेष त मैले नयाँ बलमा नै बलिङ गरिरहेको हुन्छु, तर रोहित दाइले अहिले महत्वपूर्ण हुने ओभरमा गराउने कुरा गर्नुभयो। ममाथि विश्वास गरेर दिइएको अवसरले म खुसी छु’ खेलपछि प्रतिक्रिया दिँदै चाहरले भने। 

ओसका कारण बल चिप्लिएर अप्ठ्यारो भइरहेको मैदानमा चाहरले हरेक समय बल फाल्नुअघि रुमालले पुछिरहेका थिए। यसैले पावर प्लेमा पाएको एक ओभरमा नै उनले आफ्नो क्षमता देखाए। भिजेको बलमा उनले प्राय त ‘सट बल’ नै फालिरहेका थिए। उनले ‘फुल लेन्थ’मा एकै बल पनि फालेनन्।

उनले ‘गुड लेन्थ’मा फालेका बल पनि खुलेर खेल्न मिल्ने भने थिएन। अन्तिमतिरको ह्याट्रिकको धेरै चर्चा भइरहे पनि भारतको जितको आधार चाहरले त्यसअघि नै तयार पारिसकेका थिए। 

खेलपछि चाहरको प्रतिक्रिया थियो– ‘यस्तो गर्न सकुँला भन्ने सपनामा पनि सोचेको थिइनँ। राम्रो खेल्नुपर्छ भनेर सानो बेलादेखि नै मेहनत गरिरहेको हुन्थेँ, जुन अहिले देखिएको छ।’

उनले भनेजस्तै आइतबार रातिको हरेक बल ध्यानपूर्वक हेरिरहेका चाहरका बुबा लोकेन्द्रसिंह चाहर पनि भन्छन्– ‘उनले सबै गरेर एक लाख भन्दा बढी पटक नेटमा बल फाल्दै गरेको अभ्यासले यस्तो खेल देखिन सकेको हो।’ भारतीय वायु सेनाका अवकाशप्राप्त कर्मचारी लोकेन्द्रसिंहले छोराको खेलले आफ्नो लामो समयको प्रतिक्षा पूरा भएको सुनाए। 

अहिले २७ वर्ष पुगेका चाहर १८ वर्षको उमेरदेखि नै घरेलु क्रिकेटमा राम्रो चलिसकेका थिए। रञ्जी ट्रफी जस्ता प्रतियोगितामा चलिरहेका उनी केही समय भने घाइते भएर पछाडि बस्नुपरेको थियो। आइपिएलमार्फत पुनरागमन गर्न सकेपछि त चाहरले क्षमता धेरैले नियाले। राष्ट्रिय टिमका पूर्वकप्तना महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको आइपिएल टिम चन्नई सुपर किंग्समा दुई सिजन खेलेपछि त उनको राष्ट्रिय टिमको बाटोसमेत खुल्यो।

(क्रिकेटर चाहरबारेको यो सामग्री क्रिकइन्फो, क्रिकबज र टाइम्स अफ इन्डियामा आधारित रहेर तयार पारिएको हो।) 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी बिहीबार, माघ १५, २०८२
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्