काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले नेपाल-भारत सीमा नयाँ नभई पुरानै भएको भन्दै अहिलेको सन्दर्भ मात्र नयाँ भएको बताएका छन्।
संसदको राज्य व्यवस्था समितिमा बोल्दै उनले सीमा सुरक्षाका लागि सरकारले विस्तृत योजना बनाइरहेकोसमेत बताएका थिए।
नेपाल-भारत सीमामा सुरक्षा पोस्ट नभएका स्थानमा अब थप हुने उनको भनाइ थियो।
कालापानी विवाद नयाँ नभई ६ दशकदेखिको समस्या भएको भन्दै उनले नयाँ राजनीतिक नक्सा जारी गरेपछि देखिएको उनले बताए।
‘नेपालको सीमा महाकाली नदी नै हो, यो समस्या नयाँ नक्सापछि देखिएको हो,’ गृहमन्त्री थापाले भने, ‘दार्चुलामा पनि आउट पोस्ट निर्माणका क्रममा छ। सीमामा अन्य सुरक्षा पोस्ट पनि बनाउने कार्य भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।