काठमाडौं- नेपाली सीमा मिचेको विरोधमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जान लागेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङ,अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेललाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको घन्टाघरबाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको विप्लव नेकपाले जनाएको छ।
विप्लव निकट जनवर्गीय संगठनहरूले र्यालीसहित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी थियो।
प्रहरीले र्याली अगाडि नै जनवर्गीय संगठनका नेतालाई पक्राउ गरेको हो।
घन्टाघरबाट र्याली निकालेर लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।