फाइल तस्बिर
काठमाडौं- नेपाल विद्यार्थी संघको निवर्तमान उपाध्यक्ष उर्मिला थपलियाले भारतले सीमा मिचेको विरोधमा जुलुस निकाल्ने क्रममा पक्राउ परेका विद्यार्थीहरूलाई तत्काल रिहाइ गर्न माग गरेकी छन्।
उनले एक विज्ञप्तिमार्फत् जुलुसको क्रममा सरकारले गरेको दमन प्रति आपत्ति जनाउँदै नेविसंघका कार्यकर्ताहरूलाई तत्काल रिहाइ गर्न माग गरेकी हुन्।
जुलुसमा प्रहरीको लाठीचार्जबाट निवर्तमान उपाध्यक्ष सागर परियार, सिन्धुपाल्चोक नेविसंघका नेता प्रविण जंग कार्की, नेविसंघ नेता पकंज सुवेदी क्षेत्री र लक्ष्मी सिलवाल घाइते भएका छन्। त्यसैगरी शैलेन्द्र शर्मा गौडेल, प्रेम शाही, सजिव ढकाल, सुरज सैजुवाल, अनुराग शाह, मनिस खड्का, शिखर खड्का र बलराम ढकाल लगायतका नेता/ कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ परेका मध्ये केही नेता/कार्यकर्ता प्रहरीको कुटपिट तथा लाठीचार्जबाट भएका छन्। घाइते भएकाहरूको स्वास्थ्य लाभको काम गर्दै सरकारको दमन हिंसात्मक भएको उनले जनाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।