काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न दुई अध्यक्षबीच वार्ता भएको थियो। वार्ता करिब डेढ घन्टा चलेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
दुई अध्यक्षबीच प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको राजीनामा सम्बन्धमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री सचिवालयका सदस्यहरुले मंसिर १ बाट लागू हुने गरी राजीनामा दिने खबरहरु सार्वजनिक भएको छ।
पार्टी एकीकरणका बाँकी कामका बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको हुनसक्ने एक नेकपा नेताले बताए। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।