काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमि फिर्ता गराउन सरकारसँग माग गरेका छन्।
नेपाली भूमिमा बाह्य अतिक्रमण स्विकार्य नहुने उल्लेख गर्दै नेता कोइरालाले तत्कालै कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन्।
‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि त्यो नेपालीका लागि सह्य हुन नसक्ने’ उनले विज्ञप्ति मार्फत जनाएका छन्।
नेता कोइरालाले नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको प्रष्ट्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।