कञ्चनपुर– पौने १६ करोड कीर्ते अभियोग लागेका नेकपाका मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । उनी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री हुन्।
आइतबार प्रदेश मुख्यमन्त्रीलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्। उनले मुख्यमन्त्री त्रिलाेचन भट्टलाइ बुझाएका हुन्।
विद्यालयको जग्गा कीर्तेमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार रहदै आएका थिए।
'ममाथि लगाउन खवजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानबिन होस् र त्यस्तो पूर्वाग्रहरहित वस्तुपरक छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ', राजीनामा पत्रमा भनिएको छ, 'यस्तो छानबिन गर्न सहज होस् र न्याय स्थापित होस् भन्ने आशयबाट मैले बहन गर्दै आएको सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको पदबाट आजैका मितिदेखि राजीनामा दिएको छु।'
उनले आफूले प्राप्त गरेको सफलता र जिम्मेवारीप्रति नकारात्मक चिन्तन भएका केही व्यक्तिहरुले झुठा आरोप लगाउँदै बदनाम गर्न नयाँ षडयन्त्र गरिएको कुरा घटनाक्रमले देखाएको राजीनामापत्रमा दाबी गरेका छन्।
कीर्ते मुद्दा दायर भएपछि पार्टी र प्रदेशसभामा उनलाई पक्राउ गर्न दबाब सिर्जना भएको थियो।
रावलसहित ३६ जनाविरुद्ध झन्डै पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा दायर भएकाे थियाे।
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै उनीहरु विरुद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको रहस्य खुलेको थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।