काठमाडौं- नेपाली भूभाग भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा कांग्रेस निकट विद्यार्थी संघले विरोध प्रर्दशन गरेको छ।
नेपाल विद्यार्थि संघले आइतबार विहान कोटेश्वरमा विरोध प्रर्दशन गरेको हो। ‘कालापानी र लिपुलेक नेपालका अभिन्न अंग हुन्।’ नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने,‘भारतीय पक्षको दादागिरीका विरुद्धमा प्रर्दशन जारी रहन्छ।’
संघका कार्यकर्ताले सिमाना अतिक्रमण तत्काल रोक्न माग गरेका थिए। साथै,उनीहरुले भारतले प्रकाशन गरेको नयाँ नक्सा सच्चाउन माग गरेका छन्। सिमा अतिक्रमणका गतिबिधि नरोकिए अर्को चरणको आन्दोलन गर्ने संघले चेतावनी दिइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।