काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा चीनको सिहान शहरमा रहेको नेपाली तेक्वान्दो टोलीका तीन खेलाडीले ‘द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’मा १ रजत ५ कास्यसहित ६ पदक जितेका छन्।
ज्ञानेन्द्र हमालले रजत पदक र काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका हुन्। महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी मुनि र पुरुषतर्फ मनोजले ५४ केजी मूनिको तौल समूहमा पदक जितेका हुन्।
प्रतियोगितामा नातिजाले १३ औँ सागका लागि फाइदा पुग्ने बताइएको छ। महिलातर्फ निशा रावल ७३ केजी माथिमा चिनका खेलाडी सँग ५–३ ले पराजित हुँदै कास्य पदक, पुरुषतर्फ भुपेन श्रेष्ठले ८७ केजी मुनि कास्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमालले रजत पदक जिते।
बक्सिङमा प्रदीपलाई स्वर्ण
चीनमा भएको डाइन्यास्टि प्रोपर्टी ग्रान्डस्लाम एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी प्रदीप महर्जनले स्वर्ण जितेका छन्।
प्रदीपले पुरुष ४९ केजीको फाइनलमा चीनका खेलाडीलाई पराजित गर्दै स्वर्ण तिजेको नेपाल बक्सिङ संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।