धनुषा– कलेजका छात्राहरुलाई जिस्काएको आरोपमा एक युवक पक्राउ परेका छन्। महोत्तरी गोनरपुरा– १ बस्ने वर्ष ३० को सन्तोष यादवलाई धनुषा प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
बिहानै कलेज जाने छात्राहरुलाई उनले अध्यारोको मौका पारी जिस्काउने र दुव्र्यवहार गर्दै आएको पेहरीले जनाएको छ। संकटमोचन मन्दिर छेउमा लुकेर उनले यस्तो गतिविधि गर्दै आएका थिए।
पक्राउ परेका यादबलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।