काठमाडौं– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गरेको छ।
आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले कास्की २ का लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
त्यस्तै, प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) मा डिपी ढकाल, दाङ ३(ख) मा विमलाई ओलीलाई उम्मेदवार बनाइने भएको छ।
धरान उपमहानगरपालिका प्रमुखका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रदेशसभा अन्तर्गत बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको छ।
स्थानीय तहको उम्मेदवार भने सम्बन्धित प्रदेश कमिटीले गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।