complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बोनम्यारो रोगका ८ लक्षण

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  १८:४३
1140x725

बोनम्यारोलाई नेपालीमा रक्तमासी भनिन्छ। शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ। बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ। एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर। यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। एप्लास्टिक एनिमिया पनि दुई किसिमको हुन्छ।

जन्मजात हुने एप्लास्टिक एनिमिया

जन्मजात हुने एप्लास्टिक एनिमियालाई मेडिकल भाषामा कन्स्टिट्युसनल एप्लास्टिक एनिमिया भनिन्छ। यो समस्या भएकाहरुमा किड्नी खराब हुने, किड्नी जोडिएको हुने, औँलाहरु ६ वटाभन्दा बढी हुने, जन्मजात शरीरमा दाग देखिने, मुख वरिपरि कालो हुने, गिजा पछाडिको भाग माथि उठ्ने, मुटुमा समस्या आउने र केहीकेहीमा छालामा समस्या देखिने हुन्छ।

जन्मपछि हुने एप्लास्टिक एनिमिया

जन्मिसकेपछि बोनम्यारो सुक्नुलाई एक्वार्ड एप्लास्टिक एनिमिया भनिन्छ। नेपालमा एप्लास्टिक एनिमिया हुने धेरैलाई यही समस्या हुने गरेको पाइन्छ। सिभिल अस्पतालमा दैनिक कम्तिमा पाँचदेखि ७ जना एक्वार्ड एप्लास्टिक एनिमिया भएका बिरामी आउने गरेका छन्।

एप्लास्टिक एनिमियामा आफ्नै शरीरले बोनम्यारोभित्र हुने रगत बनाउने 'सिस्टम सेल'लाई बिगारिदिन्छ। रबर, सिमेन्ट, पेट्रोल फ्याक्ट्रीबाट उत्पन्न हुने 'बेन्जिन' भन्ने तत्वको सम्पर्कमा लामो समयसम्म रहेमा वा काम गरेमा पनि एप्लास्टिक एनिमिया हुनेगर्छ। त्यस्तै, हेपाटाइटिस वा भाइरल इन्फेक्सनका कारण पनि यो समस्या हुन सक्छ। त्यस्तै, कहिलेकाहीँ औषधिको प्रयोगले समेत एप्लास्टिक एनिमियाको समस्या देखिन्छ। यो समस्या भएमा स्वाँस्वाँ हुने, छिटो थाक्ने, संक्रमण चाँडो फैलिने, पिनास हुने, निमोनिया हुने, नाक, मुख र दिसाबाट रगत जाने र केहीमा दिमागमा पनि रगत बग्ने समस्या हुन सक्छ।

एप्लास्टिक एनिमिया भएको समयमै पत्ता लाग्यो र बोनम्यारो प्रत्यारोपण गरियो भने उमेर अनुसार ६० देखि ९० प्रतिशतलाई निको पार्न सकिन्छ। बोनम्यारो प्रत्यारोपण उमेर अनुसार फरक पर्छ। २० वर्षभन्दा मुनिकालाई ९० प्रतिशत निको हुने सम्भावना रहन्छ। ३० वर्ष माथिकालाई ६० प्रतिशत मात्र निको पार्न सकिन्छ। जति उमेर बढ्दै गयो त्यति प्रत्यारोपणमा जटिलताहरु थपिँदै जान्छन्। प्रत्यारोपण गरिएको बोनम्यारोले काम नगर्ने हुन सक्छ भने प्रत्यारोपणमा प्रयोग हुने औषधिहरुले टक्सिसिटी बढाउन सक्छ। बर्सेनि एप्लास्टिक एनिमिया भएका एक सय जनाको प्रत्यारोपण नगरी सामान्य उपचार मात्र गर्ने हो भने ३५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। यो संख्या हरेक वर्ष बढ्दै जाँदैछ।

रक्त क्यान्सर

Ncell 2
Ncell 2
nimb
nimb

सबै रक्त क्यान्सरलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्दैन। जुन रक्त क्यान्सरलाई किमोथेरापीबाट उपचार गर्न सकिँदैन वा उपचार गरिसकेपछि रोग फेरि बल्झिएको अवस्थामा बोनम्यारो प्रत्यारोपण अनिवार्य गर्नुपर्ने हुन्छ।

थाइलेसेमिया

हेमोग्लोविन बन्नका लागि ग्लोविन भन्ने प्रोटिनको जरुरत पर्छ। प्रोटिन नै नबनेमा वा बन्ने प्रक्रियामा त्रृटि भएमा थाइलेसेमिया हुन्छ। यसमा चाहिँ जन्मेको तीन महिनादेखि बच्चालाई रगत चढाएर राख्नुपर्ने हुन्छ। यो रोग लागेमा विस्तारै बच्चाको फियो ठूलो हुँदै जान्छ, कलेजो ठूलो हुन्छ, अनुहारको आकार परिवर्तन हुँदै जान्छ, बच्चाको उचाइ बढ्दैन। यो रोगका लागि बोनम्यारो प्रत्यारोपणबाहेक अर्को विकल्प छैन। मेरो अनुभवमा यो रोग लागेका बिरामी हाम्रो देशमा ३५ वर्षभन्दा बढी बाँचेका छैनन्। त्यसकारण यो रोग भयानक हुँदाहुँदै पनि राज्यको ध्यान यसतर्फ अझै पुग्न सकेको छैन। तर थाइलेसेमिया भएका बिरामीको समयमै बोनम्यारो प्रत्यारोपण भएमा एक सय जनामध्ये ९० जनालाई बचाउन सकिन्छ।

के हो बोनम्यारो प्रत्यारोपण

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन। यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो। बोनम्यारोलाई धेरैले अङ्ग प्रत्यारोपणजस्तै बुझ्ने गरेका छन्। तर, बोनम्यारो प्रत्यारोपण र अङ्ग प्रत्यारोपण फरक कुरा हो। बोनम्यारो प्रत्यारोपण गर्दा वा झिक्दा बिरामीलाई बेहोस पार्ने वा शल्यक्रिया गर्नुपर्ने हुँदैन। बोनम्यारो प्रत्यारोपण विशेष गरी दुई तरिकाले गरिन्छ।

बिरामीलाई आफ्नै बोनम्यारो प्रत्यारोपण गर्ने

यदि, बिरामीलाई क्यान्सर छ भने सुरुमा क्यान्सर निको पार्न किमो दिइन्छ। किमोपछि बिरामीको क्यान्सर नदेखिएपछि बिरामीको बोनम्यारो झिकिन्छ र बोनम्यारोलाई विशेष विधिबाट ल्याबमा राखिन्छ। यसलाई माइनस १८० डिग्री सेन्टिग्रेडमा राखिन्छ। त्यसपछि हाइडोज किमो दिइन्छ र शरीरमा भएका सबै बोनम्यारोलाई सुकाइन्छ। त्यसपछि, नयाँ बोनम्यारो प्रत्यारोपण गरिन्छ र त्यसले १४ देखि २१ दिनपछि रगत बनाउन थाल्छ।

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिने

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिनुअघि एचएलए टाइपिङ भन्ने जाँच गर्नुपर्छ। एचएलए जाँच मिलेको खण्डमा मात्र प्रत्यारोपण गर्न मिल्छ। आफ्नै दाजुभाइ-दिदिबहिनीको एचएलए मिल्न सक्ने सम्भावना २५ प्रतिशत मात्र हुन्छ।

बोनम्यारो दिने व्यक्तिलाई खासै केही समस्या हुँदैन। बोनम्यारो दुई तरिकाले झिकिन्छ। एउटा सिधै हड्डीबाट सियो छिराएर झिकिन्छ र अर्को रगतबाट झिकिन्छ। रगतबाट झिक्दा स्पेसल मेसिनबाट बोनम्यारोमा हुने कोष बाहिर झिकिन्छ र बिरामीमा त्यो कोष प्रत्यारोपण गरिन्छ। यसरी प्रत्यारोपण गर्दा १४ देखि २१ दिनपछि रगत बन्न सुरु गर्छ।

यो विधिबाट प्रत्यारोपण गर्दा हुने चुनौती भनेको प्रत्यारोपण गरिएको बोनम्यारोलाई बिरामीको शरीरले नचिन्न सक्छ र प्रत्यारोपण गरेको म्यारोलाई शरीरले मारिदिन्छ। अथवा, प्रत्यारोपण गरेको बोनम्यारोले बिरामीको शरीरलाई नचिनेर छाला, कलेजो र आन्द्रालाई हानी पुर्‍याएर बिरामीको ज्यानै पनि जान सक्छ। अरुको बोनम्यारो प्रत्यारोपण गरेको हुनाले बिरामीले 'इम्युनो सप्रेसिभ मेडिसिन' कम्तिमा ६ महिना खानुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपणले एप्लास्टिक एनिमिया र थाइलेसेमियाका रोगीलाई एकदमै राम्रो नतिजा दिएको छ। तर, क्यान्सरका बिरामीलाई भने ठिक हुने सम्भावना जम्मा ३० देखि ५० प्रतिशत मात्र हुने गरेको छ।

बोनम्यारोमा हुने रोगका लक्षण

१. ठूलो जोर्नीहरु दुख्ने।

२. दुखाइसँगै शरीरमा निलो डामहरु देखिने।

३. नाक, मुख, गिजा आदिबाट रगत बग्ने।

४. पिनास हुने।

५. दिसा-पिसाब गर्ने अंगमा घाउ हुने।

६. पटक-पटक निमोनिया भइरहने।

७. रातो रगत कम भएर स्वाँस्वाँ बढ्ने।

८. जिउ गल्ने/थाक्ने। आदि।

(रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. पौड्याल सिभिल अस्पतालमा कार्यरत छन्)

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्