काठमाडौं- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बस्ने भनिएको नेपाली कांग्रेसको बैठक स्थगित भएको छ।
कांग्रेस पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको थियो।
कांग्रेसका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
अर्को बैठक मंगलबार बिहान ९ बजे देउवा निवासमा बस्ने उनले बताए। सोही दिन उपनिर्वाचनका लागि उम्मेदवार चयन हुने छ।
मंगलबार पनि एक चरण सम्बन्धित जिल्लाका केन्द्रीय सदस्यसँग पदाधिकारीले छलफल गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।