काठमाडौं– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै रिक्त स्थानमा उम्मेदवारी दिने भएको छ।
पार्टीको आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बहुचर्चित क्षेत्र कास्की २ का लागि उसले रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेदवार तोकिएको छ। भक्तपुर १ (क) लागि भने यथाशिघ्र उम्मेदवार टुंगो लगाइने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'रिक्त स्थानीय तहहरु अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेदवार छनौट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।