काठमाडौं- समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका दुई उम्मेदवारको नाम टुंग्याएको छ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की-२ मा इन्जिनियर तथा भूपू ब्रिटिश आर्मी धर्मराज गुरुङलाई समाजवादीले उम्मेदवार बनाउने भएको छ।
प्रदेश सभा अन्तर्गत बागलुङ २ ‘ख’मा अशोककुमार विक र दाङ ३ ‘ख’मा डिल्ली बहादुर डाँगीले उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ।
पार्टीका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई आफ्ना उम्मेदवारको उम्मेदवारीसँगै जनतालाई कम्युनिष्ट र कांग्रेसको विकल्प भएको उल्लेख गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सचिवालय र पदाधिकारी बैठक बसेर आज नै उम्मेवारी टुंगाउने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।