काठमाडौं- यो साता बजारमा १ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ। गत साताको तुलनामा कारोबार रकम १० दशमलव ७५ प्रतिशतले बढी हो। यो सातामा ४ दिन सेयर कारोबार भएकोमा चारै दिन परिसूचकमा भने गिरावट आएको छ।
परिसूचक घटे पनि कारोबार रकममा सन्तोषजनक वृद्धि हुँदा लगानीकर्तामा भने आगामी दिनमा बजार सकारात्मक हुने विश्वास बढेको छ। कारोबार रकमा सुधार आउँदा त्यसको सकारात्मक प्रभाव परिसूचकमा पर्ने सेयर जानकारहरु जानकार बताउँछन्।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन १ हजार ३ सय ८६ दशमलव ९८ अंकमा पुगेको छ। यस साता नेप्सेमा १ सय ७६ कम्पनीहरुको कारोबार भएको छ।
यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ९१ अंकले घटेर २ सय ९३ दशमलव २५ अंकमा आइपुगेको छ।
कारोबार रकमको आधारमा यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। कम्पनीको ११ करोड २० लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ।
यस साता नेप्सेमा सानिमा इक्विटी फण्डको १३ करोड इकाइ साधारण सेयर (आइपिओ) सूचीकृत भएको छ।
यस साताका नेप्से परिसूचकका सूचकांकमा यस्तो परिर्वतन देखियो-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।