काठमाडौैं- फागु पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने पर्वको असरमा आज पहिलो दिन वसन्तपुरअगाडि चीर उठाइएको छ।
बिहान ११:५७ बजेको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फुट अग्लो चीर ठड्याइएको हो। चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टन लगायतले सहयोग गरेको थियो।
अबको ८ दिनपछि पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालिन्छ। त्यसपछि घिसार्दै टुँडिखेलमा लगेर दहन गरेपछि फागु पर्वको औपचारिक समापन हुने प्रचलन छ। फागुन १७ गते काठमाडौँ उपत्यका लगायत पहाडी भेगमा होली पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट मनाउने गरिएको छ।
प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियो जितरूपले हत्या गर्ने उद्देश्यले दिदी होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दु धर्मशास्त्रमा उल्लेख छ।
अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाउने गरिएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।