• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १५, २०८२ Fri, Feb 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पक्राउ पूर्जी जारी भएर पनि पक्राउ परेनन् सप्तरीका २ जनप्रतिनिधि

प्रहरी भन्छ- बुझ्दैछौं, निचोडमा पुगिएको छैन
64x64
नेपाल लाइभ शनिबार, कात्तिक १६, २०७६  १८:५४
1140x725

राजविराज– हत्या, बलात्कार, भ्रष्टाचार, कुटपिटलगायतका अपराधिक घटना छानबिन हुन थालेपछि पछिल्लो समय निर्वाचित जनप्रतिनिधि समेत पक्राउ पर्न थालेका छन्।

संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते पक्राउ परेका प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा र चुनाव बिथोल्न बनाइएको बम विस्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै जलाएको आरोपमा असोज २६ गते पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम यसको उदाहरण हुन्।

योसँगै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको कार्यालयमा तोडफोड गरेको आरोपमा संघीय सांसद तथा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता प्रमोद शाह र विकास निर्माणका काममा हेलचक्र्याँई गरेको आरोपमा पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका सांसद हरिनारायण रौनियारसमेत पक्राउ परे। 

यी घटनाले एकातर्फ जनप्रतिनिधिको असली अनुहार प्रस्तुत भइरहेको छ भने अर्कोतर्फ नैतिकता र आचरणविरुद्ध भएका घटनामा छानबिन र कारबाहीको प्रक्रिया सुरु हुन खोजेको अवस्थालाई देखाएको छ।

तर, जनप्रतिनिधि नै संलग्न भएका घटना यतिमा मात्रै सीमित छैनन्। प्रहरीको अनुसन्धान जिल्ला र स्थानीय तहसम्म केन्द्रित हुन सकेको छैन। दबाब र प्रभावमा परेर प्रहरीले नै त्यस्ता व्यक्तिलाई पक्राउ गर्न नसकेका उदाहरण प्रसस्त छन्। 

पक्राउपुर्जी जारी भएका तर पक्राउ नपरेका सप्तरीका जनप्रतिनिधि
सप्तरीमा दुई जना जनप्रतिनिधि विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ज्यान मार्ने उद्योगमा तिलाठी कोईलाडी गाउँपालिका–४ की वडा सदस्य ४१ वर्षीया गीतादेवी मण्डल र वन पैदावारमा हानीनोक्सानी गरेको आरोपमा सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष नारायण आचार्यलाई पक्राउ गर्न पुर्जी जारी भएको छ। तर उनीहरू दुवैजना हालसम्म पक्राउ परेका छैनन्। 

गीतादेवी मण्डल

सप्तरी जिल्ला अदालतले वडा सदस्य मण्डलविरुद्ध असोज ६ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।

हिराई मण्डलको जाहेरीपछि दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा मण्डलसहित ५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

Ncell 2
Ncell 2

बाटाको म्यादबाहेक ७ दिनभित्र  सम्बन्धित व्यक्तिलाई अदालतमा उपस्थित गराउन र सो अवधिमा उपस्थित गराउन नसके खोजतलास गरी जहाँ फेला परे पनि पक्राउ गरी अदालतमा दाखिल गर्न भनिएको छ। तर, एक महिना बितिसक्दा समेत प्रहरीले मण्डललाई पक्राउ गर्न नसकेको हो। 

राजनीतिक दल र केही नेताको प्रभावमा परेर प्रहरीले मुद्दालाई ओझेलमा पारेको स्थानीयको आरोप छ।

यसैगरी, वन पैदावार हानी–नोक्सानी गरेको आरोपमा सप्तकोशी नगरपालिका–१ का वडाअध्यक्ष नारायण आचार्यविरुद्ध करिब १ वर्ष अघि नै डिभिजन वन कार्यालय राजविराजले पक्राउ पुर्जी जारी गरेको थियो।

राष्ट्रिय वन क्षेत्रबाट बालुवा–गिटी तस्करी गरेको अभियोगमा आचार्यसहित उनका छोरा सुशीलका नाममा गत वर्ष पुष ४ गते नै पक्राउ पुर्जी जारी भएको छ।

उनीहरूले सप्तकोसी-१ को अमाहा खोलाबाट गैरकानुनी रूपमा बालुवा–गिटी उत्खनन तथा ओसार–पसार गरेको वन कार्यालयको आरोप छ। गत पुस ३ गते बालुवा–गिटी तस्करीमा संलग्न आचार्यको ना ४ त १८४५ नम्बरको ट्याक्टर खोलाबाटै नियन्त्रणमा लिइएको थियो।

नारायण आचार्य

डिभिजन वन कार्यालय राजविराजले प्रहरीको असहयोगका कारण आचार्य बाबुछोरालाई पक्राउ गर्न नसकिएको बताउँदै आएको छ।

‘अहिलेको राजनीतिक अवस्थामा हाम्रो बलबुताले पक्राउ गर्न सकिएन,’डिभिजन वन अधिकृत सन्तोषकुमार झा भन्छन्,‘प्रहरी/प्रशासनलाई पत्र काटेर पक्राउ गरिदिन आग्रह गरेका छौं। तर, सहयोग पाइएन।’

के भन्छ प्रहरी?
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने पक्राउ पुर्जी जारी भएका जनप्रतिनिधिको विषयमा स्पष्ट जवाफ दिन आनाकानी गरेको छ। सप्तरीका डिएसपी तथा सूचना अधिकारी तिलक भारती भन्छन्, ‘हामी त्यस विषयमा बुझ्दैछौं। के गर्ने भन्ने विषयमा निचोडमा पुगिएको छैन।’

प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य
सम्बन्धित सामग्री
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र ‘पिटर वान’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्दै आएको कल साइन रहेको स्रोतलाई उद्रृत गर्दै बीबीसीले जन... बिहीबार, फागुन १४, २०८२
१६५ वटै क्षेत्रमा पुर्‍याइयो निर्वाचन सामग्री पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका... बिहीबार, फागुन १४, २०८२
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक उपत्यकामा आयोजित कार्यक्रममा पार्टी महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका उम्मेदवारहरू भर्चुअल माध्यमबा... बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य बिहीबार, फागुन १४, २०८२
१६५ वटै क्षेत्रमा पुर्‍याइयो निर्वाचन सामग्री बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्